back
NMB ad

हकप्रद सेयर निष्काशनका गर्न २ कम्पनीले पाए बोर्डबाट अनुमति, कुनको कति कित्ता ?

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर निष्काशनका लागि दुई कम्पनीलाई अनुमति दिएको छ ।

बोर्डले छ्याङ्दी हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

जसमध्ये छ्याङ्दी हाइड्रोपावरले ८ करोड ९३ लाख ३ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्नेका लागि बोर्डमा निवेदन दिएको थियो ।

८ लाख ९३ हजार २५ कित्ता हकप्रद सेयर निष्काशन गर्न कम्पनीले बोर्डबाट पुस १ गते अनुमति पाएको हो ।

कम्पनीले १०ः३ को अनुपात सेयर निष्काशन गर्न गत बैशाख १५ गते बोर्डमा निवेदन दिएको थियो ।
बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

यस्तै, कर्पोरेट डेभलपलमेन्ट बैंकले पनि हकप्रद सेयर निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।

बैंकले ३० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशनका लागि बोर्डबाट पुस १ गते अनुमति पाएको हो । अब बैंकले १ः१.५ को अनुपातमा ३० लाख कित्ता सेयर निष्कान गर्नेछ ।

बैंकले गत वर्षको पुस २६ गते उक्त सेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको थियो । बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ

वि.सं.२०७८ पुस २ शुक्रवार १२:०४ मा प्रकाशित

You can share this post!

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

सामुदायिक विद्यालयलाई सूचना अधिकारी तोक्न महानगरको निर्देशन   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२७

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले यही जेठ १४ गतेभित्र काठमाडौँ उपत्यकामा...

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

मुलुकको सार्वजनिक ऋण २४ खर्ब, १० महिनामा थपियो ९८ अर्ब

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:२२

काठमाडौँ: मुलुकले भुक्तान गर्न बाँकी सार्वजनिक ऋण करिब रु २४...

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

ढल्केबर–इनरुवा प्रसारण लाइन अन्तिम चरणमा   

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:१३

काठमाडौँ : ढल्केबर–इनरुवा चार सय किलोभोल्ट प्रसारण लाइन निर्माण अन्तिम...

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज १३ जेठ २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ जेठ १३ आइतवार ०६:०७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...