back
NMB ad

जीवन बीमक संघ सदस्यता शूल्क १ लाख बनाउने प्रस्ताव सभाबाट पारित

Kumari bank ad

काठमाडौं। जीवन बीमक संघमा आवद्ध जीवन बीमा कम्पनीहरुको वार्षिक सदस्यता शुल्कलाई २५ हजारबाट बृद्धि गरि १ लाख पुर्याउने प्रस्ताव साधारणसभाबाट पारित भएको छ ।

जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको बीमक संघको दोस्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । संघले आज बसेरा बुटिक होटल, काठमाडौंंमा सभा आयोजना गरेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बिशेष अतिथिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको उपस्थिती रहेको थियो ।
सभाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०७८ आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ । सभामा २०७८–०७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको बींमक संघले बताएको छ।

सदस्यता शुल्क वृद्धि गरेर प्राप्त हुने रकमबाट जीवन बीमक संघले बीमा जनचेतना र अन्य अभिवृद्धि कार्यक्रममा लगाउने बींमक संघले जनाएको छ।

वि.सं.२०७८ पुस ४ आइतवार १८:१५ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...