back
Hero Ad

डलर सन्चिति समस्याः नरसिंह राव,मनमोहनसिंह बन्न सक्लान् देउवा र शर्मा ?

काठमाडौ । सन् १९९१ जनवरी, यो महिना भारतको लागि सवैभन्दा कठिन समय थियो । ऋणीहरुको व्याज तिर्नका लागि समेत भारतसँग अमेरिकी डलर (विदेशी विनिमय सन्चिति) थिएन ।
यदी तत्काल केही कदम नचालिए भारत कर्जा तिर्न नसक्ने मुलुकमा पर्ने निश्चित थियो । भारतसँग जम्मा ७ दिनकालागि तेल आयात गर्न मात्र पुग्ने विदेशी विनिमय सन्चिति थियो।

सातदिनभित्र डलरको बन्दोबस्त गरिएन भने भारतभर डिजेल र पेट्रोलको हाहाकार हुने थियो भने घरघरमा खाना पकाउने ग्याँस बन्द हुने अवस्था थियो । करोडौ भारतीय भोकभोकै पर्ने अवस्था आउनेथियो ।

रिजर्भ बैंक अफ इन्डियाका तत्कालिन गभर्नर एस बैंकटरमनन बैंकसँग राजस्व विभागले छापा मारेको सय करोड टन सुन भएको र त्यसलाई धितो राखेर डलर लिन सकिने उपाय सुझाएका थिए । तत्कालिन प्रधानमन्त्री चन्द्रशेरखले गभनर एस बैंकटरमननलाई स्वीकृति दिएपनि अन्तिम स्वीकृति दिनेवेला उनी प्रधानमन्त्रीबाट हटिसकेको हुनाले तत्कालिन वित्तिमन्त्री एसवन्त सिंन्हाले स्वीकृति दिएका थिए ।

तत्कालका लागि डलरको जोहो गर्न भारतले विभिन्न चरणमा ६७ हजार किलो सुन, बैंकक, स्वीजरल्यान्ड, बैंक अफ इग्ल्यांन्डमा धितो राखेर ११ सय २० करोड डलर लिएको थियो ।
तर सो रकमले केही समयको लागि पुगेपनि समस्या समाधान भएन । सन् १९८८ मा आइएमएफ्का प्रमुख मिसेल क्यामडसले राजीव गाँन्धीसँग करेन्ट एकाउन्ट र फिसकल एकाउन्ट डेफिसिट भएकोले पछि असहज पर्न सक्ने भन्दै आइएफ्बाट ऋण लिन आग्रह गरेका थिए । तर सो समयमा गान्धी सरकारले ऋण लिन अस्वीकार गर्यो फलस्वरुप सन् १९९१ को आपत् आइलाग्यो ।

भारत सरकारले सन् १९९० को नोभेम्वरमा नै विदेशी मुद्रा सन्चिति कम हुदै गएको भन्दै तत्कालिन प्रधानमन्त्री चन्द्रपालले आइएमएफ्सँग ऋण माग गरेको थियो तर तत्कालिन समयमा इराकले कुवेतलाई आफ्नो कव्जामा लिएपछि तेलको मुल्य १५० प्रतिशतले आकाशियो। जसका कारण भारतले थप विदेशी मुद्रा सन्चितिको समस्या भोग्दै गयो ।

कुवेत कव्जामा लिएको इराकमाथि अमेरिकाले हमलाको योजना बनाइरहेको थियो। अमेरिकाका ८० प्रतिशत भोट आइएमएफ्मा भएकोले अमेरिको स्वीकृति विना आइएमएफ्ले भारतलाई कर्जा दिन मानेन । अमेरिकाले भारतलाई आइएमएफबाट कर्जा दिनका लागि शर्त अघि सार्यो । शर्त थियो, “भारतमा आफ्नो फाइटर जेट विमानलाई तेल हाल्नका लागि बस्न दिनुपर्ने ।”

तेलका कारण भारतले अरवदेशको पक्षमा थियो जहाँ इराक पनि पर्दथ्यो । तर भारतसँग सो शर्त मान्नुको विकल्प थिएन । सो शर्त मानेपछि आइएमएफले भारतलाई एक अर्ब ३ करोड डरल कर्जा स्वीकृति दियो । सो कर्जाले पनि नपुगेपछि भारतले आफुसँग भएको सुन धितो राखेपनि कर्जालिए ।

सन् १९९१ को जुन २१ मा जव भारतको प्रधानमन्त्री पिभि नरसिंह राव बने उनले आफ्नो अर्थमन्त्रीको रुपमा मनमोहन सिंहलाई राखे र भने जतिपनि पोलीसी रिफर्मका कामहरुछन् ति सवै गर म तिम्रो पछि छु । साथै उनले उद्योगमन्त्रालय आफ्नो मातहतमा राखे जसका कारण जतिपनि उद्योगका क्षेत्रमा पोलीसी परिवर्तन गर्न पर्यो विनाहिच किचाहट गर्न सकिने ।

अर्थमन्त्री भएको एक महिनामा नै तत्कालिन वित्तमन्त्री डा.मनमोहन सिंहले भारतमा खुल्ला अर्थतन्त्रलाई स्वागत गरे । विदेशी लगानीलाई विना हिचकिचाट आउन सक्ने वातावरण बनाए, जसका कारण भारतमा लगानी आउन थाल्यो, अर्कोतर्फ भारतीय मुद्रा अमेरिकी मुद्राको तुलनामा अवमुल्यन (डिप्रिसिएसन) गरे । जसका कारण भारतमा विदेशी मुद्रा आउने थाल्यो र समस्या टर्यो।
भारतीय मिडियासँगको एक अन्तवार्तामा डा.पिभि.नरसिंह रावले भनेका छन्, “मनमोहन सिंले अर्थमन्त्रीको रुपमा सर्वश्रेष्ठ काम गरे तर उनको पछाडी चटटानी अडानमा म थिएँ ।”

सिंहले विभिन्न सैद्धान्तिक पक्षमा काम गरे तर राजनीतिक अडान, सहयोग र विनारोकतोक काम गर्ने वातावरण बनाउने काम रावकोथियो। अहिलेपनि भारतको सो आर्थिक क्राइसिस समाधानमा मनमोहन सिंहको ठूलो हात भएको दावी गरिएपनि चट्टानी अडानका रुपमा हरेक ठाउँमा साथ र समर्थन रावले नदिएको भए सिंहले केही काम गर्न नसक्ने भारतीय नेता सुव्रमन्यम स्वामीले मिडियासँगको अन्तवार्तामा भनेकाथिए ।

पछिल्लो समय नेपालले पनि विदेशी मुद्राको सन्चिति कम हुदै गएको डरलाग्दो अवस्था भोगिरहेको छ। लामो सय १३ महिनाको बस्तु तथा आयात धान्न सक्ने क्षमतामा रहीरहेको विदेशी मुद्रा सन्चिति कम हुदै गएको छ ।

चालु आर्थिक बर्षको चार महिनाको राष्ट्र बैंकको डाटा हेर्ने हो भने पनि ७.२ महिनालाई मात्र पुग्ने विदेशी मुद्राको सन्चिति रहेको छ । यो राष्ट्र बैंकले राखेको लक्ष्य नजिक हो । राष्ट्र बैंकले चालु आर्थिक बर्षमा विदेशी मुद्राको सन्चिति ७ महिनाको बस्तु तथा आयात धान्न सक्ने गरी कायम राख्ने मौद्रिक नीतिबाट स्पष्ट पारेको थियो । तर चार महिनामा नै लक्ष्य भेटेपछि राष्ट्र बैंक पनि अत्तालिएको छ ।

यसरी बैदेशिक मुद्रा सन्चिति घट्दै जान थालेपछि सन् १९९१ मा भारतले भोगेको समस्या नआउला भन्न सकिदैन । तर त्यसको लागि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र हालका अर्थमन्त्री जनार्दन शर्माले यो समस्या पार लगाउन सक्लान् जस्तो देखिदैन ।

उनले गरेका हरेक निर्णयमा विवाद आइरहेको छ भने उनले अर्थमन्त्रीको पद सम्हालेदेखि केही व्यापारी व्यवसायीको खल्ती मात्र भरिएको छ । त्यसैले उनले देशमा आउदै गरेको ठूलो विदेशी विनिमयको सन्चितिको समस्यालाई कसरी पार लगाउलान् भन्ने हेर्न बाँकी नै छ । त्यसका लागि रावजस्तो नेतृत्वदायी भुमिका प्रधानमन्त्री देउवाले खेल्न सक्नुपर्छ भने सिंहको जस्तो भिजन अर्थमन्त्री शर्मामा हुनु जरुरी छ ।

र यो पनि

अर्थतन्त्र खतरामा, राष्ट्र बैंकको डलर सन्चितिको लक्ष्य नै गलत

 

वि.सं.२०७८ पुस ५ सोमवार १०:१३ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

केराबारी र १८ किलोको पहिरो हटाइयो, नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी खुल्यो

वि.सं.२०७९ असोज २० बिहीवार २०:०६

भरतपुर । पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...