back
NMB ad

यी ११ जीवन बीमा कम्पनीको पाए एक्चुरिअल भ्यालुएसन समितिबाट स्वीकृत

Kumari bank ad

काठमाडौं । आर्थिक वर्ष २०७६–७७ को एक्चुरिअल भ्यालुएसन अहिलेसम्म मात्रै ११ बिमा कम्पनीले स्वीकृत पाएका छन् । बाँकी ८ कम्पनी कतिपय स्विकृतको लाइनमा रहेका छन् भने कतिपयले मूल्याङकन नै गर्न नसकेको अबस्था छ । बिमा समितिका प्रवक्ता निर्मल अधिकारीका अनुसार बाँकी रहेका आठ मध्ये ३ कम्पिनीको विवरण आइसकेको र समितिले हेर्दै गरेको अवस्थामा रहेका छन् भने पाँच वटालाई छिटो गर्नका लागि समितिले प्रत्राचार गरिसकेको छ ।

अहिलेसम्म अनुमति पाउनेमा रिलायन्स लाइफ इन्स्योरेन्स, ज्योति लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाइफ, एशियन लाइफ, मेट लाइफ, सूर्य लाइफ, प्राइम लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् ।

त्यसैगरी सिटिजन लाइफको पनि एक्चुरिअल भ्यालुएसन स्वीकृत भएको छ । यसले स्वीकृति पाएसँगै बोनश दर पनि सार्वजनिक गरिसकेको छ । साथै थप केही बिमा कम्पनीहरुले पनि बोनश दर सार्वजनीक गरिसकेका छन् । यस्तै स्वीकृतिका लागि निवेदन दिएका नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पनि समितिले लेखाजोखा गरिरहेको अधिकारीले बताए । उनले भने ‘यहाँ आइसकेका कम्पनीलाई छिट्टै स्विकृती दिन्छौँ, यदि केही कमिकजोरी आएभने पनि पुनरावलोकनका लागि पठाउँछौँ ।’ उनले थपे ‘बाँकी कम्पनीहरुलाई पनि पत्राचार गरिसकेका छौँ ।’

यता कोभिडको अवधिमा बिमा संकलनको रकम बढी देखिएपनि कम्पनीहरु अझै समस्यामा छन् । कोरोना बिमाको रकम सरकारले नदिँदा यसको प्रत्यक्ष असर बिमा कम्पनीहरुलाई परेको छ । उक्त कोरोना बिमा भुक्तानीको रकम सरकारले नदिँदा कम्पनीहरुले विमितलाई दिएका छनन् । फलस्वरुप बिमितले सिधै कम्पनीहरुमाथिको विस्वसनियता माथि समेत प्रश्न खडा गरेका छन् । कतिपयले सरकारको कारण रोकिएको भन्ने बुझेपनि कतिपय बिमितले भने यो कम्पनीले नदिएको आरोप लगाउँछन् ।

यसको प्रभाव कम्पनीहरुको साधारण सभामा समेत पर्न गएको छ । आर्थिक वर्षको सकिएको डेड वर्ष बित्दासम्म पनि प्राय्रः कम्पनीहरुले सभा नै गर्न सकेका छन् । अहिलेसम्म प्राइफ लाइफले मात्रै सभा सम्पन्न गरेको छ । साथै थप दुईतीन कम्पनीहरुले मात्रै सभा तय गरेका छन् ।

वि.सं.२०७८ पुस ५ सोमवार १४:२२ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...