back
NMB ad

छुटला है ४ कम्पनीको लाभांश: सुरक्षित गर्ने भोलि अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । दुई वाणिज्य बैंकसहित विभिन्न चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अर्थात मंगलबार अन्तिम दिन रहेको छ ।

उक्त दिन नेपाल एसबिआई बैंक, एनएमबि बैंक, छिमेक लघुवित्त र गणपति लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी चारवटै कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि पुस ७ गते बुक क्लोज गर्ने भएका छन् । योसंगै पुस ६ गते अर्थात मंगलबारसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

यी चारवटै कम्पनीहरुले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारितका लागि वार्षिक साधारण सभा आव्हान गरिसकेका छन् ।

जसमध्ये नेपाल एसबिआई बैंकले सेयरधनीहरुलाई ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.८१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बंकले पुस २० गते २८औं वार्षिक साधारण सभा बोलाएको छ ।

त्यस्तै एनएमबि बैंकले गत आवको मुनाफबाट सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न बैंकले पुस २२ गते बोलाएको छ ।

त्यसैगरि छिमेक लघुवित्त वित्तीय संस्थाले पनि २७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते सभा डाकेको छ ।

यता, गणपति लघुवित्तले गत आवको मुनाफाबाट सेयधरनीहरुलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्त सभा गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ५ सोमवार १४:५८ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...