back
NMB ad

‘ए’ डिभिजन लिगमा एपीएफको पहिलो जित

Kumari bank ad

काठमाडौं । फरवार्ड आशिष लामाको दुई गोल मद्दतमा विभागीय टोली एपीएफ फुटबल टोलीले पहिलो जित निकालेको छ । सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाम भएको खेलमा एपीएफले अर्को रेलिगेशन जोनको फ्रेण्ड्सविरुद्ध ३–१ अन्तरको जित निकालेको हो ।

पाँचौ खेलमा आएर पहिलो जित निकाल्ने क्रममा एपीएफको लागि आशिष लामाले दुई तथा विकी तामाङले एक गोल गरे । फ्रेण्ड्सका प्रिजेन तामाङले सान्त्वना गोल फर्काए ।

खेलको ३० औं मिनेटमा एपीएफले अग्रता बनायो । बक्स अगाडिबाट बिकीले गोल गरे । त्यसको दुई मिनेटमै आशिषले अग्रता दोब्बर बनाए । उनले बक्स भित्रबाट सहजै बललाई जाली चुमाए ।

खेलको ५६ औँ मिनेटमा आशिषले एपीएफलाई ३-० को अवस्थामा पुर्‍याए । काउण्टरमा बल पाएका आशिषले पेनाल्टी एरियाबाट व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे ।

खेलको ६८औं मिनेटमा प्रिजेन तामाङले पाएको पेनाल्टी सदुपयोग गर्दै एपीएफको अग्रता ३-१ को अवस्थामा झारे ।

जितपछि ४ अंक बनाएको एपीएफ गोल अन्तरका आधारमा ११ औं स्थानमा छ । पराजित फ्रेण्ड्स २ अंकसहित पुछारमा छ ।

योसँगै पाँचौ चरणको खेल सकिएको छ । २ अंकको अग्रता बनाउँदै मनाङ मर्स्याङ्दी क्लब १३ अंकका साथ पहिलो स्थानमा छ ।

वि.सं.२०७८ पुस ५ सोमवार १५:०९ मा प्रकाशित

You can share this post!

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

शिक्षक चन्दको हत्यामा संलग्न भएको आरोपमा भण्डारी पक्राउ   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:५१

कञ्चनपुर, ३ जेठः बेलौरी नगरपालिका–६ विद्यानगरका सेवानिवृत्त शिक्षक अन्दाजी ६३...

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:२५

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन्...

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:१६

काठमाडौँ, ३ जेठ : राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे...

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

राष्ट्रपति पुटिन चीन भ्रमणमा   

वि.सं.२०८१ जेठ ३ बिहीवार १३:०३

बेइजिङ (चीन), ३ जेठ : रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो...

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:५५

अजयकुमार साह  धनुषा, ३ जेठ : तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी...

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

प्रतिनिधिसभा बैठक ४ बजे बस्ने   

वि.सं.२०८१ जेठ ३ बिहीवार १२:३३

काठमाडौँ, ३ जेठ : प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने...