back
NMB ad

२९% लाभांश पारित गर्न इन्फिनिटी लघुवित्तले डाक्यो साभारण सभा, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो पुस २७ गते वार्षिक साधारण सभा गर्ने भएको हो ।

कम्पनीको पुस ५ गते सोमबार बसेको संचालक समितिको ७४औं बैठकले पाँचौ वार्षिक साधारण सभाका लागि मिति तोकेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई २९.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमध्ये २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

सभाले संचालक समितिको तर्फबाट आव २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको २०७८ आषाढ मसान्तको बासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरि पारित गर्नेछ ।

यस्तै, सभाले कम्पनीको हाल कायम रहेको अधिकृत पुँजी ५० करोड रुपैयाँलाई वृद्धि गरि १ अर्ब पुर्याउने प्रस्ताव पारित गर्ने, संस्थाको प्रबन्धकपत्रको दफ २ (१), दफा ५ (त) (थ), दफा ६ (क), (ख), (ग) नियमावलीको नियम २ (१) मा संशोधन तथा थप गरि अद्यावधिक गर्नेछ ।

कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त संस्थाहरु गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनका लागि उपयुक्त लघुवित्त कम्पनीहरुको पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने सो सोको आधारमा सैद्धान्तिक स्वीकृतिको लागि राष्ट्र बैंक समक्ष निवेदन दिने, सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने तथा मर्जर र एक्जिजिसन सम्वन्धी अन्य आवश्यक कार्यहरु गर्नका लागि संचालक समितिलाई अख्तियारी दिनेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले आउँदो पुस १५ गते बिहीबार एक दिन बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ पुस ६ मंगलवार १२:०३ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...