काठमाडौं । गोर्खाज फाइनान्स कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको हो ।
यो समाचार तयार गर्ने बेला (१२ बजेर १० मिनेट) सम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता १०१ रुपैयाँ ५० पैसाले घटेको हो ।
योसंगै कम्पनीको सेयर मूल्य ९१३ रुपैयाँ ८० पैसा कायम भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
वि.सं.२०७८ पुस ६ मंगलवार १२:१३ मा प्रकाशित