काठमाडौँ । पाँचथर पावर कम्पनी लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उमेश श्रेष्ठको राजिनामा स्वीकृत भएको छ ।
उनको राजिनामा पुस २ गते बसेको संचालक समितिको बैठकले गत साउन १० गतेदेखि नै लागु हुनेगरी स्वीकृत गरेको हो । श्रेष्ठले आफ्नो व्यस्तताको कारण देखाई पदबाट राजिनामा दिएका थिए ।
साथै अव बाँकी कार्यकाल संचालक राजेश कुमार श्रेष्ठले निरन्तरता दिने छन् ।
वि.सं.२०७८ पुस ७ बुधवार ११:१३ मा प्रकाशित