काठमाडौँ । यहि पुस महिना भित्रै वार्षिक साधारण सभा गर्ने गरी दुई कम्पनीले मिति तय गरेका छन् । मितेरी डेभलपमेण्ट बैंक र पाँचथर पावर कम्पनी लिमिटेडले एजियम मिति तय गरी आज सार्वजनीक गरेका हुन् ।
यी दुवै कम्पनीले आगमी पुस २८ गते एजिएम आह्वान गरेका हुन् । बैंकले पुस १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ भने पाँचथरले १४ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ ।
वि.सं.२०७८ पुस ७ बुधवार ११:२५ मा प्रकाशित