back
NMB ad

कुरूप बन्दै पर्यटकीय क्षेत्र जाखोर ताल

Kumari bank ad

धनगढी । कैलालीको धनगढीमा पर्ने पर्यटकीय क्षेत्र जाखोर ताल जलकुम्भीले ढाकिएपछि कुरूप देखिन थालेको छ । जलकुम्भीले ढाकेपछि ताल हेर्ने जाने पर्यटक निराश बन्न थालेका छन् ।

‘ताल हेर्न आएका पर्यटक तालभरी जलकुम्भी देखेपछि छिट्टै फर्किने गरेका छन्,’ जाखोर तालको पिकनिक क्षेत्रमा चटपटे बेच्दै आएकी स्थानीय गीता चौधरीले भनिन्, ‘धेरैले ताल सफा गरे राम्रो हुन्छ भन्ने गुनासो गर्छन् ।’ वर्षायाममा समेत तालमा जलकुम्भी मात्रै देखिनेगरेको उनले बताइन् । ‘हिउँदमा तालमा पानी नै देखिँदैन,’ उनले भनिन्, ‘ताल हेर्न आएका आन्तरिक तथा बाह्य पर्यटक ताल क्षेत्रमा पुगेपछि नरमाइलो मान्दै फकैने गरेका छन् ।’

जलकुम्भीका कारण ताल कुरूप बनेको उनी बताउँछिन् । ‘धनगढी उपमहानगरपालिकाले एकपटक तालमा भएको जलकुम्भी हटाएको थियो,’ उनले भनिन्, ‘त्यतिवेला ताल सुन्दर देखिएको थियो, अहिले जलकुम्भीले ताललाई कुरूप बनाएको छ, यसको संरक्षणमा कुनै निकायको ध्यान जान सकेको छैन ।’

ताल हेर्ने जाखोर ताल पुगेकी धनगढी-२ की दुर्गा चौधरीले ताल सफाइ नहुँदा नराम्रो लागेको बताइन् । ‘तालमा गएर रमाइलो गर्ने सोचका साथ टोलका गृहिणी महिला जाखोरताल पुगेका थियौं,’ उनले भनिन्, ‘त्यहाँ पुग्दा ताल नै देखिएन, जलकुम्भी हेरर फर्किनु पर्दा खासै रमाइलो भएन ।’

तालमा धेरै युवायुवती टिकटक बनाउन पुग्ने गरे पनि जलकुम्भीका कारण उनीहरू पनि टिकटक नबनाएर फर्केको उनले बताइन् । ‘तालमा धेरै युवा तथा युवती टिकटक बनाउने भन्दै हामीसँगै सो क्षेत्रमा पुगेका थिए,’ उनले भनिन्, ‘तालमा पानीनै नदेखेपछि उनीहरू एक छिनमै फर्किहाले, यसले जाखोर तालको नराम्रो प्रचार भइरहेको छ ।’

ताल हेर्न भन्दै कञ्चनपुको पुनर्वासबाट आएका नन्दलाल चौधरी जलकुम्भीले ताललाई कुरूप बनाएको बताए । जाखोर ताल हेर्न भन्दै आफूहरू धनगढीसम्म पुगेको भन्दै उनले तालमा पुगेपछि भने नराम्रो लागेको बताए । ‘जाखोर ताल राम्रो छ भन्ने सुनेर कञ्चनपुरबाट धनगढी पुगेका थियौं,’ उनले भने, ‘तर जलकुम्भीले ताललाई ढाकेको देख्दा नराम्रो लाग्यो ।’

उनले तालको संरक्षण तथा सफा गर्नुपर्नेमा जोड दिए । जाखोर तालको बारेमा सुनेको भन्दा प्रत्यक्ष देख्दा कुनै आनन्द नआएको उनी बताउँछन् । उनले ताल देखाउनका लागि चर्च परिवार नै जाखोरताल पुगेको उनले बताए । ‘बालबालिकालाई तालको बारेमा हामीले धेरै राम्रा कुरा भनेका थियौं,’ उनले भने, ‘यहाँ पुग्दा बालबालिकालाई ठगेजस्तो भइरहेको छ ।’

भारतको पलियाबाट ताल हेर्न आएका अंकित मिश्राले ताल कुरूप र हेर्न लायक नभएको बताए । ताल वरपरको वातावरण निकै रमणीय रहेको तर ताल भने हुर्ने लायक नरहेको उनले बताए । उनले भारतको पलियाबाट नेपाल घुम्न आएको बताए । नेपाल आउँदा सवैले जाखोरताल घुम्न लायक ठाउँ छ भनेपछि परिवारसहित ताल हेर्न पुगेको उनले बताए ।

‘तालमा पुग्दा हामीलाई कुनै आनन्द महसुस भएन,’ उनले भने, ‘तार वरिपरिको प्राकृतिक सुन्दरता देखेर फर्केका छौं ।’ तालको सफाइ गरे धेरै पर्यटक आउन सक्ने उनले बताए । ‘तालको क्षेत्रफल धेरै ठूलो छ,’ उनले भने, ‘त्यसमा पानी देखिएको भए धेरै राम्रो हुन्थ्यो, जलकुम्भीले पानी देखिँदैन, यसलाई सफा गरे यहाँ आउने पर्यटकलाई रमाइलो हुने छ ।’

धनगढी उपमहानगरपालिकाका इन्जिनियर दिजराज भट्टले तार संरक्षणका लागि काम भइरहेको बताए । अहिले तालको वरपर ट्रयाक निर्माण गर्ने काम भइरहेको बताउँदै इन्जिनियर भट्टले चैत वैशाखसम्म जलकुम्भी सफा गरिने बताए । तालको जलकुम्भी मानिसले हटाउन समस्या हुनसक्ने भन्दै उनले जलकुम्भी नष्ट गर्ने वैकल्पिक विधिको खोजी भइरहेको बताए ।

वनस्पति उद्यान केन्द्र धनगढी कैलालीका प्रमुख गंगादत्त भट्टले जलकुम्भी हटाउन योजना बनाइरहेको बताए । आफू कार्यालयमा आएपछि वनस्पति उद्यान परिसरमा रहेको बगैंचाको घाँस सफा गर्ने, बिरुवामा मल हाल्ने काम अघि बढाएको बताउँदै कार्यालय प्रमुख भट्टले तालमा रहेको जलकुम्भी हटाउन योजना तयार भइरहेको बताए ।

‘जलकुम्भीले ताल क्षेत्रको सुन्दरता घटाएको छ,’ कार्यालय प्रमुख भट्टले भने, ‘त्यसलाई हटाउनु आवश्यक छ, तर कसरी हटाउने भन्ने विषयमा योजना बनाइरहेका छौं, सवैको सहयोग पाएमा ताललाई जलकुम्भीरहित बनाउन सकिन्छ ।’

जलकुम्भीलाई हटाएर जाखोर तालमा कमलको फूल रोप्ने बारेमा पनि छलफल भइरहेको उनले बताए । जाखोर ताल एक सय ५० हेक्टर क्षेत्रफल जमिनमा फैलिएको छ ।न्युज कारखाना

वि.सं.२०७८ पुस ७ बुधवार ११:५४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

राष्ट्रिय वाणिज्य बैंकको सिईओमा देबेन्द्ररमण खनाल नियुक्त

वि.सं.२०८१ जेठ १० बिहीवार १२:३८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा देबेन्द्ररमण...

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

दिगो विकासको लक्ष्य सन्तोषजनक देखिएनः सांसद राणा   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:२२

काठमाडौँ, १० जेठः प्रतिनिधिसभा सदस्य डा आरजु देउवा राणाले दिगो...

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

ढोरपाटनमा दोस्रो याममा १० नाउर र सात झारलको सिकार   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:१७

गलकोट (बागलुङ), १० जेठः वैधानिक रुपमा सिकार खेल्न पाइने नेपालकै...

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

इरानी राष्ट्रपति रायसीको गृहनगरमा आज अन्त्येष्टि गरिने   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०९

तेहरान, १० जेठ : हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका इरानका...

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

बुद्ध जन्मभूमिलाई विश्वशान्ति र धार्मिक पर्यटकको गन्तव्यका रूपमा विकास गर्न सरकार क्रियाशील छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १० बिहीवार १२:०५

लुम्बिनी, १० जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार बुद्धको...

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

हिम पर्वत हाइड्रोपावरले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ १० बिहीवार ११:५६

काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको...