back
NMB ad

२० करोड ९६ लाखको एफपीओ निष्काशन गर्दै तीन कम्पनी, कुनको वित्तीय अवस्था कस्तो ?

Kumari bank ad

काठमाडौं । तीन लघुवित्त वित्तीय संस्थाले २० करोड ९६ लाख ४५ हजार रुपैयाँ बढीको एफपीओ निष्काशन गर्ने भएका छन् ।

किसान लघुवित्त वित्तीय संस्था, नयाँ सारथी लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कुल १६ लाख ७९ हजार २२४ कित्ता एफपीओ निष्काशन गर्ने भएका हुन् ।

यी तीन वटै कम्पनीहरुले प्रतिकित्ता छुट्टाछुट्टै दरमा एफपीओ निष्काशनका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

कुनको वित्तीय वित्तीय अवस्था कस्तो ?

साना किसान लघुवित्त :

साना किसान लघुवित्त वित्तीय कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा १६ करोड ५४ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १८.१२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तमा कम्पनीले १४ करोड ३० हजार रुपैयाँ नाफा गरेको थियो ।

चालु आवको पहिलो त्रैमासमा कम्पनीले २९ करोड ९२ लाख १४ हजार रुपैयाा खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिका तुलनामा कम्पनीको खुद ब्याज आम्दानी प्रतिशतले ११.८९ बढी हो । गत वर्षको उक्त अवधिमा कम्पनीले २६ करोड ७४ लाख ६ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब २५ करोड १५ लाख ३० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ अर्ब ४९ करोड ५७ लाख ४० हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि घटाएको देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा ०.९९ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा आईपुग्दा घटाएर ०.६६ प्रतिशत कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ८८ पैसा र प्रतिसेयर नेटवर्थ २९९ रुपैयाँ ४२ पैसा रहेको छ ।

कम्पनीले १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बरारबको एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १२ लाख ८९ हजार २५९ कित्ता एफपीओ निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले असार २९ गते आवेदन दिएको हो । कम्पनीको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

नयाँ सारथी लघुवित्त :

एफपीओ निष्काशनको तयारीमा रहेको नयाँ सारथी लघुवित्त वित्तीय संस्थाले चालु आवको पहिलो त्रैमासमा ६५ लाख ५० हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा गत वर्षको असोज मसान्तको तुलनामा भने २.९३ प्रतिशत कमी हो । कम्पनीको गत वर्षको पहिलो त्रैमासमा ६७ लाख ४८ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत वर्षको असोज मसान्तमा ४ करोड ७० लाख ७५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने बढाएर ५ करोड १५ लाख २७ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी २५ करोड ४९ लाख ५४ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने २३ करोड ७७ लाख ८५ हजार रुपैयाँ राखेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ २८ पैसा र प्रतिसेयर नेटवर्थ १९३ रुपैयाँ २७ पैसा रहेको छ ।

कम्पनीको ११६ रुपैयाँको दरले ३ करोड ८२ लाख रुपैयाँ बरारबको एफपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले ३ लाख २९ हजार ६४९ कित्ता एफपीओ निष्काशनका लागि गत भदौ ९ गते बोर्डमा निवेदन दिएको छ । बिक्री प्रबन्धकमा भने एनएबि क्यापिटल रहेको छ ।

मिर्मिरे लघुवित्त :

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन गत वर्षको सोही अवधिको तुलनामा १९३.३२ प्रतिशतले बढी हो । गत वर्षको असोज मसान्तसम्म कम्पनीले २ करोड १७ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १३ करोड ३३ लाख ५८ हजार रुपैयाँ रहेको छ । कम्पनीको खुद ब्याज आम्दानी ११५.७१ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको सोही अवधिमा कम्पनी ६ करोड १८ लाख २२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

कम्पनीको चुक्ता पुँजी ४३ करोड ५० लाख ७१ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा ४१ करोड १७ लाख ८७ हजार रुपैयाँ राखेको छ ।

वित्तीय विवरण अुनसार कम्पनीको खराब कर्जा २ प्रतिशत देखिएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा खराब कर्जा घटाएको छ । गत वर्षको असोज मसान्तसम्म कम्पनीको खराब कर्जा २.७२ प्रतिशत रहेको थियो ।

कम्पनीको प्रतिसेयर आम्दानी ५८.६२ र प्रतिसेयर नेटवर्थ १९४.६५ रुपैयाँ रहेको छ । कम्पनीले ९१ लाख २३ हजार ९८४.८० रुपैयाँ बराबरको एफपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १७७.८० रुपैयाँका दरले ५१ हजार ३१६ कित्ता एफपीओ निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

कम्पनीले कात्तिक २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

वि.सं.२०७८ पुस ७ बुधवार १४:०९ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...