काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले बीमा क्षति मूल्यांकनकर्ता सम्वन्धि तालिम सम्पन्न गरेको छ । इन्स्योरेन्सले पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्ता सम्बन्धी तालिम दिएको हो ।
कम्पनीका सहायक महाप्रबन्धक नबराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले प्रशिक्षण दिएका दिएका थिए । उदयपुरको गाइघाटमा सम्पन्न भएको तालिममा १० जना प्रशिक्षार्थीहरु सहभागी रहेका कम्पनीले जनाएको छ ।
वि.सं.२०७८ पुस ८ बिहीवार ११:०५ मा प्रकाशित