back
NMB ad

तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Kumari bank ad

काठमाडौं । आज तीन कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन ज्योति विकास बैंक, एनएमबि लघुवित्त वित्तीय संस्था र सूर्या लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी तीनै वटा कम्पनीहरुले पुस ९ गते अर्थात शुक्रबार बुक क्लोज गर्न भएको छन् । यसकारण आजसम्म कायम सेयरधनीहरुले साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

जसमध्ये ज्योति विकास बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस ९ गतेदेखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

बैकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबााट सेयरधनीहरुलाई ११ प्रतिशत बोनस सेयर र कर सहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ । उक्त सभामा भाग लिन र लाभांश पाउनका लागि पुस ८ गते बिहिवारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

यस्तै, एनएमबि लघुवित्तले साधारण सभा तथा लाभांश वितरणका लागि पुस ९ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट सेयरधनीलाई २१.५० प्रतिशत बोनस शेयर र १.१३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश पाउन र सभामा भाग लिनका लागि पुस ८ गतेसम्म कायम सेयरधनी बनिसक्नुपर्नेछ । लाभांश पारितका लागि कम्पनीले पुस २६ गते गर्ने भएको छ ।

त्यसैगरी, सूर्या लाइफ इन्स्योरेन्सले पनि साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि पुस ९ गतेदेखि १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई १२.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस १९ गते साधारण सभा गर्ने भएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

वि.सं.२०७८ पुस ८ बिहीवार १०:५९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...