back
NMB ad

सूर्या लाइफको तेह्रौं साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Kumari bank ad

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनिको तेह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभा पुष १५ गते सभा आह्वान गरेको हो । कम्पनिले सभा होटल हैरिसन प्यालेस, बजरंगबलीमार्ग, विराटनगरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्ने निर्णय गरेको छ ।

उक्त सभाले संचालक समितिले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७७।०७८ को मुनाफाबाट कायम चुक्तापूँजीको १२.७० प्रतिशत बोनस शेयर र ०.६६८४ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

साथै सोही सभाले कम्पनकिो विद्यमान संस्थापक र सर्वसाधारण शेयर स्वामित्वको ६०ः४० को संरचनालाई परिवर्तन गरि ५१ः४९ प्रतिशत कायम गर्ने र सोही अनुरुप ५१ प्रतिशत भन्दा बढी भएको संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।

त्यस्तै, आव २०७६।०७७ मा चन्दा शिर्षक अन्तर्गत भएको खर्चको अनुमोदन गर्ने, आव २०७६।०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, सोही आवको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण एवं सो सम्बन्धि अनुसूचीहरु माथि छलफल गरि पारित गर्ने सभाको एजेण्डा रहेको छ ।

साथै आव २०७७।०७८ को लागि लेखापरिक्षक नियुक्त गरि निजको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक शेयरधनीबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयरधनी समहुबाट प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचित गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि पुष ९ गतेदेखि पुष १६ गतेसम्म शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) गर्ने निर्णय गरेको छ । जसअनुसार पुष ८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्नेछन् ।

वि.सं.२०७८ पुस ८ बिहीवार १०:५८ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...