back
Kumari Bank

पुनर्कर्जामार्फत ५२ अर्ब बजारमा पठाउँदै राष्ट्र बैंक

Nepal Bank

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभाव भइरहेका बेला नेपाल राष्ट्र बैंकले ५२ अर्ब रुपैयाँ तरलता बजारमा पठाउने भएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निवेदनअनुसार स्वीकृत गरेको ५२ अर्ब पुनर्कर्जा रकम बजारमा पठाउन लागेको जनाएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ९२ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको र उक्त रकममध्ये ५२ अर्ब यसै साता बजारमा पठाउन लागिएको जानकारी दिए ।

‘पुनकर्जा स्वीकृत गरेको रकममध्ये ५२ अर्ब यही साता र बाँकी ४० अर्ब पुस महिनाभित्र बैंक तथा वित्तीय संस्थामा पठाइसक्छौं’, उनले भने, ‘यसबाट अहिले बजारमा देखिएको तरलता अभावको समस्या समाधान गर्न केही हल गर्छ ।’

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई एकमुष्ट रूपमा पुनर्कर्जा उपलब्ध गराएपछि बैंक तथा वित्तीय संस्थाहरूले ग्राहक पहिचान गरी यो ऋण उपलब्ध गराउनेछन् ।

वि.सं.२०७८ पुस ८ बिहीवार ११:२२ मा प्रकाशित

You can share this post!

एसईई नतिजा मोबाइलमै: स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य, कसरी हेर्ने ?

एसईई नतिजा मोबाइलमै: स्प्यारो एसएमएसले राष्ट्रिय परीक्षा बोर्डसँग सहकार्य, कसरी हेर्ने ?

वि.सं.२०८२ असार १३ शुक्रवार ११:१६

काठमाडौं : कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५८

चितवन : पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट...

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५३

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर...

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, कहिले होला ?

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, कहिले होला ?

वि.सं.२०८२ असार १३ शुक्रवार १०:४४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार १३ शुक्रवार १०:०७

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि...

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान    

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:५५

काठमाडौँ : देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल...