काठमाडौं । साताको अन्तिम कोरोबार दिन सुनको मूल्यमा गिरावट आएको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९३ हजार १ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य भने ९२ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्री हुनेछ ।
वि.सं.२०७८ पुस ९ शुक्रवार १२:४४ मा प्रकाशित