back
NMB ad

हिमालयन बैंकले पुस ३० गते डाक्यो साधारणसभा, इन्भेष्टमेन्ट बैंकसँग गाभ्ने एजेन्डा

Kumari bank ad

काठमाडौ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर विवादमा परेको हिमालयन बैंकले यही पुस ३० गते वार्षिक साधारणसभा डाकेको छ । बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकलाई गाभ्ने एजेण्डा साधारणसभामा पेश गर्ने भएको छ ।

बैंकले गत आर्थिक बर्षमा नै इन्भेष्टमेन्ट बैंकसँग मर्ज गर्ने योजना बनाएपनि अध्यक्ष प्रचण्डमान श्रेष्ठका कारण मर्जरले लामो समय लिएको छ । गत मंसिरमा नै बैंकहरुले मर्जरका लागि लिएको समयसिमा सकिएका कारण नेपाल राष्ट्र बैंकमा समय थपका लागि पत्र पठाएका थिए । केन्द्रिय बैंकले जसरी पनि विग मर्जर गर्नैपर्ने भएका कारण समय थपिदिएको थियो ।

त्यसैले पनि बैंकले साधारणसभाबाट नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्ज गराउने एजेन्डा पारित गराउन लागेको हो । त्यस्तै बैंक सन्चालक समितिले गत वर्षको नाफाबाट ४.६२ प्रतिशत नगद लाभांस र २१.३८ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको थियो । सो निर्णय पनि साधारणसभाले पारित गराउनुपर्ने छ ।

साधारणसभाले पारित गरेपनि नगद लाभांश भने तत्काल भुक्तानी नभएर नेपाल इन्भेष्टमेन्ट बैंकलाई गाभेर एकीकृत कारोबार गरेपछि मात्र हिमालयन बैंकका साविकका लगानीकर्ताले नगद लाभांस पाउने छन्। बोनस सेयर भने वितरण हुने छ। बोनस सेयरपछि चुक्ता पुँजी २ अर्ब २८ करोड रुपैयाँले बढ्ने छ। अहिले चुक्ता पुँजी १० अर्ब ६८ करोड रुपैयाँ पुग्ने छ।
बैंकले मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गर्ने अधिकार सञ्चालक समितिलाई दिइने एजेण्डा पनि लैजानेछ ।

 

वि.सं.२०७८ पुस ११ आइतवार ११:१३ मा प्रकाशित

You can share this post!

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...