back
NMB ad

एनआरएनए निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित

Kumari bank ad

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को डिसेम्बर महिनाका लागि तोकिएको निर्वाचनको सम्पूर्ण कार्यक्रम स्थगित भएको छ।

एनआरएनए निर्वाचन समितिले शनिबार एक सूचना प्रकाशित गरी गैरआवासीय नेपाली संघको निर्वाचनका लागि उपलब्ध हुनुपर्ने मतदाता सूची पूर्ण रुपमा प्राप्त भइनसकेको जनाउँदै निर्वाचन प्रक्रिया स्थगित गरेको जनाएको हो ।

‘यसले गर्दा छानबिन प्रक्रिया प्रभावित भई यसअघि प्रकाशित गरिएका कार्यतालिका स्थगन गरिएकोमा हालसम्म पनि मतदाता सूची प्राप्त नभएकाले निर्वाचन मितिसहितका सबै कार्यतालिका पछि प्रकाशित गरिने छ,’ समितिले भनेको छ।

यसअघि निर्वाचन समितिले गत १५ डिसेम्बरमा सूचना प्रकाशित गरी डिसेम्बर २६ र २७ तारिखमा मतदान गर्नेबाहेकका सबै निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको थियो। संघद्वारा प्रकाशित प्रारम्भिक मतदाता नामावलीमा व्यापक धाँधली भएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि गत अक्टोबरमा तोकिएको संघको दशौँ महाधिवेशन र चुनाव पर सरेको थियो।

प्रमुख निर्वाचन आयुक्त लीलामणि पौडेल तथा निर्वाचन समितिका सदस्य डा। गणेशमान गुरुङले मतदाता नामावलीसम्बन्धी विवाद समाधान नभई चुनाव गराउन नसकिने भन्दै राजीनामा दिएपछि डिसेम्बरभित्र चुनाव गराउने कार्यतालिका अलपत्र परेको थियो।

डेलिगेट्ससम्बन्धी विवाद समाधान गर्न अध्यक्ष कुमार पन्तद्वारा गठित चार सदस्यीय उच्चस्तरीय समितिले विभिन्न विकल्पबारे छलफल जारी राखेको छ। समितिमा संघका केन्द्रीय सल्लहकार विश्वआदर्श पण्डित, डा. यादव पण्डित, सचिव गौरी जोशी र प्रवक्ता डिबी क्षेत्री छन् ।

वि.सं.२०७८ पुस ११ आइतवार १२:५९ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...