back
NMB ad

प्राईम लाईफले फर्जी कर्मचारी बनाई भत्ता बुझेको पुष्टि, समितिले दियो एक हप्ताको अल्टीमेटम

Kumari bank ad

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले नक्कली कर्मचारी बनाई भक्ता बुझेको पुष्टि भएको छ । कम्पनीले फर्जी कर्मचारी बनाई मार्फत तलब भत्ता बुझेको पाईएपछि बीमा समितिले यस बिषयमा ७ दिन भित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो ।

प्राइम लाइफले ३३ जना नक्कली कर्मचारी खडा गरी उनिहरुको नाममा ४ करोड ३५ लाख रुपैयाँ भुक्तानी लिएको पाईएको छ । करारमा कर्मचारी नियुक्त गराईएको तर कार्यलयमा एकदिन पनि हाजिर भने गराईएको छैन । यसरी कागजी कर्मचारी खडा गरि रकम निकासा गरेको विषय एक सञ्चार माध्यम मार्फत सार्वजनिक भए पछि बीमा समितिले छानविन सुरु गरेको थियो ।

छानविनका क्रममा कम्पनीले उक्त रकम निकासा गरेको पाइएको हो । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको संयोजकत्वमा उक्त छानविन भएको थियो ।

कम्पनीले ३३ जना नक्कली कर्मचारी खडा गरी उनिहरुको नाममा उक्त रकम निकासा गरेको छ । वैदेशिक रोजगार बीमालेखको कमिशन दिनका लागि खडा गरिएका कर्मचारी मार्फत यो रकम निकासा भएको छानविन समितिका एक सदस्यले बताए ।

बीमा समितिले चार वर्ष पहिले वैदेशिक रोगजार बीमालेखको कमिशन घटाएपछि अभिकर्ताको कमिशनलाई यथास्थितिमा नै राख्न कम्पनीले नक्कली कर्मचारी खडा गरि उक्त रकम निकासा गरेको थियो ।

वि.सं.२०७८ पुस १२ सोमवार १७:४१ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...