back
NMB ad

प्रथम बीमा शूल्क आर्जनको २० प्रतिशत रकम नेपाल लाईफको पोल्टोमा, कुनले कति आर्जन गरे ?

Kumari bank ad

काठमाडौँ । नेपाल लाईफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क आर्जनमा अधिपत्य कायम गरेको छ । कम्पनीले मंसिरमा मात्रै र मंसिरसम्ममा पनि सबैभन्दा बढी बीमा शुल्क संकलन गरेको हो ।

कम्पनीले मंसिरसम्म आउँदा २ अर्ब ९८ करोड ५३ लाख ४९ हजार रुपैया बीमा शुल्क आर्जन गरेको छ । यो सबै जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष देखि मंसिर मसान्तसम्म आर्जन गरेको प्रथम बीमा शूल्कको करिब २० प्रतिशत हो । हाल सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरुले समिक्षा अवधिसम्म आउँदा यस्तो रकम १५ अर्ब ३४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेका छन् ।

नेपाल लाईफले मंसिरमा मात्रै ६८ करोड १९ लाख १३ हजार रुपैयाँ प्रथम बीमा शुल्क संकलन गरेको छ । समिक्षा अवधिमा यो पनि रकम पनि नेपाल लाईफकै अग्रता हो ।

मंसिरमा दोस्रो र तेस्रो स्थानमा क्रमशः नेशनल र यूनियन लाईफ

मंसिर महिनामा प्रथम बीमा शुल्क संकलन गर्नेमा नेपाल लाईफ पछि नेशनल लाईफ रहेको छ । यसले समिक्षा अवधिमा कम्पनीले यस्तो रकम ३४ करोड ६९ लाख ५६ हजार रुपैयाँ आर्जन गरेको हो ।
त्यसैगरी समिक्षा अवधिमा तेस्रो स्थान ओगट्न सफल भएको छ युनियन लाईफ इन्स्योरेन्स । यो कम्पनीले मंसिरमा मात्रै २४ करोड ५७ लाख ९६ हजार रुपैयाँ प्रथम बीमा शूल्क आर्जन गरेको हो ।

यस्तो छ, अन्य सबै जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा आर्जन गरेको प्रथम बीमा शुल्क संकलन रकम,

मंसिर सम्ममाः दोस्रो र तेस्रो स्थानमा क्रमशः नेशनल लाईफ र सिटिजन

मंसिर सम्ममा आईपुग्दा नेपाल लाईफ पछि क्रमश नेशनल लाईफ र सिटिजनले प्रथम बीमा शूल्क आर्जनमा अधिपत्य जमाएका छन् ।

नेशनल लाईफले मंसिरसम्मा आईपुग्दा यस्तो रकम १ अर्ब ८३ करोड ६२ लाख रुपैयाँ आर्जन गरेको हो भने सिटिजन लाईफले १ अर्ब ५ करोड ३० लाख रुपैयाँ बढी आर्जन गरेको छ ।
मंसिरसम्म सबै कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जनको अवस्थाः

 

 

 

 

 

 

वि.सं.२०७८ पुस १३ मंगलवार १४:०० मा प्रकाशित

You can share this post!

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

च्याङ्ग्रा पस्मिना निर्यातसम्बन्धी निर्देशिका सार्वजनिक   

वि.सं.२०८१ जेठ २ बुधवार १४:३४

काठमाडौँ, २ जेठ : प्रमुख अन्तर्राष्ट्रिय बजारहरूमा नेपालका हिमाली च्याङ्ग्रा...

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

नीति तथा कार्यक्रममा केन्द्रित भई एमाले संसदीय दलको बैठक   

वि.सं.२०८१ जेठ २ बुधवार १३:५२

काठमाडौँ, २ जेठ : सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई...

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

क्रुज जहाज मार्फत चीन प्रवेश गर्ने पर्यटकलाई भिसा–मुक्त प्रवेश अनुमति   

वि.सं.२०८१ जेठ २ बुधवार १२:५५

बेइजिङ, २ जेठ : चीनले बुधबार समुद्री तटमा रहेका सबै...

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर   

वि.सं.२०८१ जेठ २ बुधवार ११:२४

वीरगञ्ज (पर्सा), २ जेठः मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत...

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

नेपाल नवप्रवर्तन र उद्यमशीलताको संस्कृति प्रवर्द्धन गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ २ बुधवार ११:१५

काठमाडौँ, २ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगानी प्रक्रियालाई सरलीकृत...

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज महँगियो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ २ बुधवार १०:४२

काठमाडौं । साताको चौथो कारोबार दिन सुनको भाउ बढेको छ...