back
NMB ad

छुट्ला है ५ कम्पनीको लाभांश : सुरक्षित गर्ने भोलि अन्तिम मौका, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात बुधबार विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन मञ्जुश्री फाइनान्स, समिट लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र चिलिमे जलविद्युत कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मौका रहेको छ ।

यी पाँचैवटा कम्पनीहरुले साधारण सभा प्रयोजनका लागि पुस १५ गते अर्थात बिहीबार बुक क्लोज गर्ने भएका छन् । त्यसकारण बुधवारसम्म कायम सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

पुस १५ गते अर्थात बिहीबार बुक क्लोज गर्न लागेको मञ्जुश्री फाईनान्स सेयरधनीहरुलाई ४६ प्रतिशत लाभांश दिन प्रस्ताव गरेको छ । भोलि अर्थात पुस १४ गते बुधवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र कर सहित ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ ।

समीट लघुवित्तले पनि बिहीबार बुक क्लोज गर्दैछ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २४ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

त्यसकारण बुधवारसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २४ गते साधारण सभा बोलाएको छ ।

यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टले पनि साधारण सभा तथा लाभांश वितरण प्रयोजन लागि पुस १५ गते बुक क्लोज गर्ने भएको छ ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले उक्त प्रस्ताव पारित गर्नका पुस २९ गते सभा डाकेको छ ।

त्यसैगरि, इन्फिनीटी लघुवित्तले पनि पुस १५ गते बुक क्लोज गर्दैछ । योसँगै बुधवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २७ गते सभा गर्दैछ ।

यता, चिलिमे जलविद्युत् कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १५ गते देखि २३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण बुधवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस २३ गते साधारण सभा बोलाएको छ ।

वि.सं.२०७८ पुस १३ मंगलवार १६:४७ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...