back
NMB ad

सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी पोखरामा अभिमुखीकरण

Kumari bank ad

पोखरा । पोखराका सहकारीकर्मीहरुका लागि सहकारी क्षेत्रमा तरलता व्यवस्थापन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ ।

वर्तमान समयमा आर्थिक क्षेत्रमा देखिएको तरलता अभावको प्रभाव सहकारी क्षेत्रमा समेत देखिन सक्ने सम्भावनालाई मध्येनजर गर्दै जिल्ला सहकारी संघ कास्कीको आयोजना तथा राष्ट्रिय सहकारी बैंक पोखरा र तालचोक शाखाकोे संयोजनमा तरलता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारीको पैसा सहकारीमै परिचालन गर्न सकेमा सहकारी क्षेत्रमा तरलता अभाव नहुने बताउनुभयो । सहकारीको रकम सहकारी बैंक मार्फत परिचालन गर्न आव्हान गर्दै अध्यक्ष उप्रेतीले सहकारीको रकम सुरक्षाका निमित्त सहकारी बैंक हरदम तत्पर रहेको बताउनुभयो । उहाँले सहकारीहरुको छाताका रुपमा रहेको सहकारी बैंकलाई थप विकासका लागि सहकारीहरुको भूमिका प्रभावकारी हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा राष्टिय सहकारी महासंको पूर्व सञ्चालक डिल्लिराम तिवारी, राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक राम बहादुर जिसी, नेफ्सुनका सञ्चालक कमला देवी गिरी लगायतले सहकारी क्षेत्रमा तरलता व्यवस्थापनका लागि सचेत हुन तथा समन्वय गरेर काम गर्न आग्रह गर्नु भएको थियो ।

अभिूखीकरण कार्यक्रममा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले हाल सम्म सहकारी क्षेत्रमा तरलता अभाव नदेखिएको जानकारी गराउनु भयो । उहाँले तरलता अभाव हुन सक्ने संभावनालाई ख्याल गरेर सहकारी क्षेत्रको रकम सहकारीमार्फत परिचालन गर्न सके तरलता अभाव हुने बताउनुभयो ।

सहकारी बैंकले सहकारी क्षेत्रमा तरलता अभाव हुँन नदिन दुई अर्बको कोष बनाएको जानकारी दिनुभएको थियो । उहाँले सहकारी र सहकारी बैंकलाई जोड्ने गरी कनेक्ट आइपिएस, शाखा रहित सेवा, संकलन केन्द्र लगायतको विस्तार गर्न थालेको जानकारी गराउनुभएको थियो । अभिमूखिकरण कार्यक्रममा सहभागी सहकारीका सञ्चालक तथा व्यवस्थापकहरुले सहकारीका समस्या र राष्ट्रिय सहकारी बैंकले गर्नुपर्ने सुधारका विषयमा जिज्ञासा तथा सुझाव राखेका थिए ।
कार्यक्रम जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष छविलाल लामिछानेको स्वागत तथा महासचिव दिपकराज बास्तोलाको सञ्चालनमा सम्पन्न भएको थियो ।

वि.सं.२०७८ पुस १३ मंगलवार २०:४६ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...