back
NMB ad

नेपालीहरु सबै प्रकारका खेल खेल्न सक्षम छनः खेलकुद मन्त्री अथक

Kumari bank ad

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले नेपाली खेलाडीहरु सबै प्रकारको खेल खेल्न सक्षम रहेको बताएका छन् ।

नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारण सभाको उद्घाटन गर्दै मन्त्री अथकले प्राकृतिक रुपमै उच्च मनोबल भएका नेपाली खेलाडीहरुमा विश्वका सबै प्रकारका खेल खेल्न सक्ने क्षमता रहेको बताएका हुन् ।

“हामी प्राकृतिक रुपमै उच्च मनोबलका धनि छौं, हामीसँग संसारका सबै प्रकारका खेल खेल्न सक्ने भौगोलिक भू–वनावट छ । त्यसको अधिकतम प्रयोग गरेर खेल क्षेत्रको गुणात्मक विकास गर्न आवश्यक छ र त्यो हाम्रै पालामा सम्भव छ ।” मन्त्री अथकले भने

एक फरक प्रशंगमा बोल्दै मन्त्री अथकले खेल क्षेत्रमा राजनिती गरीनु दुःखद भएको उल्लेख गरे । बिगतदेखी नै खेलाडीहरुलाई सत्ता निकटका ब्यक्तिहरुले गलत रुपमा प्रयोग गर्दै आईरहेको जिकिर गर्दै मन्त्री अथकले पछिल्लो समय खेल क्षेत्रमा ब्यापक राजनिती मौलाएकाले अपेक्षित उपलब्धी हासिल हुन नसकेको दावी गरे ।

“अल्पकालिन आदेशले खेल क्षेत्रमा दिर्घकालिन असर गर्यो”

यसैबिच राष्ट्रिय खेलकुद परिषद (राखेप) का विषयमा हालै अदालतबाट आएको आदेशले खेल क्षेत्रको विकासमा दिर्घकालिन असर गरेको बताए । “राखेपको सन्दर्भमा आदेश त अल्पकालिन थियो तर त्यसले खेलकुदमा दीर्घकालिन असर गरेको छ ।” मन्त्री अथकले भने, “खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट हुने छैन भन्नेमा विश्वस्त छु ।”

समग्र खेल क्षेत्रलाई प्रभावित पार्ने मुद्धालाई प्राथमिकतामा राखेर हेरीनुपर्नेमा अदालतको ढिला सुस्तीका कारण खेलकुदमा दुर्भाग्यपूर्ण अवस्था सृजना भएको भन्दै मन्त्री अथकले असन्तुष्टि जनाए । “यो रमेश सिलवालको विषय मात्र हैन, अथवा टंकलाल घिसिङको विषय मात्र हैन । यो समग्र खेल क्षेत्रसँग जोडिएको विषय हो ।” उनले भने, “अदालतको निर्णयमा ढिला सुस्ती भईरहेको छ ।”
उनले खेलकुदमा दीर्घकालिन असर गर्ने काम अदालतबाट नहुने अपेक्षा समेत व्यक्त गरे ।

सरकारले राखेपका तत्कालिन सदस्य सचिव रमेशकुमार सिलवाललाई हटाएर टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सोहि विषय अदालतमा पुगेपछि अदालतले दुवै पक्षलाई पुस १२ गते छलफलका लागि बोलाएको थियो । तर १२ गते समय अभावको कारण देखाउँदै मुद्धामाथी बहस भएन । उक्त मुद्धा अदालतले हेर्दाहेर्दैमा राखेको छ ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा मन्त्री अथकसँगै युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीको समेत सहभागीता रहेको थियो ।

वि.सं.२०७८ पुस १४ बुधवार ११:२० मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...