back
NMB ad

गुनासो बढेपछि कुलमानको स्पष्टीकरणः विद्युत खपतमा बृद्धि हुदा सिस्टमले धानेन

Kumari bank ad

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौ उपत्यकामा विद्युतको माग बढ्दा पछिल्लो समयमा विद्युत आप्रबाहमा कठिनाइ भएको स्पष्टीकरण दिएको छ । पछिल्लो समयमा काठमाडौ उपत्यकामा समय समयमा बत्ति जाने समस्या हुदा उपभोक्ताहरु हैरानीमा परेका थिए भने सामाजिक सञ्जालमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विरुद्ध व्यापक आक्रोश पोखिएको छ ।

ग्राहकहरुले दुख पाउनुका साथै आफ्नो विरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी उठ्न थालेपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले शुक्रबार पत्रकार सम्मेलन नै गरेर स्पष्टीकरण दिएका हुन् ।

उनले जाडोयाम सुरु भएसँगै उपत्यकामा हिटर, एसी र इन्डक्सन चुल्लोको प्रयोग बढ्दा विद्युतको मागमा दोव्वरले बृद्धि भएका कारण विभिन्न ठाउँमा करिव ५० वटा ट्रान्सफरमर विग्रिएकोले अहिलेको समस्या उत्पन्न भएको दावी गरे । हाल काठमाडौ उपत्यकामा मात्र दैनिक ५०० मेगावाट विजुलीको माग छ । सामान्य अवस्थामा यहाँको विजुलीको माग प्रतिदिन २५० देखि ३०० मेगावाट हो । देशभर भने १३०० मेगावाटबाट १७०० मेगावाट पुगेको छ ।

‘पछिल्लो दुई दिन पानी पर्यो विग्रिएको ट्रान्सफरमर बनाउन जाने समुहको व्यवस्थापन गर्न पनि कठिनाइ भएकोले समस्या आएको हो अव त्यस्तो समस्या आउदैन । ‘उनले भने ।

उनका अनुसार उपत्यकामा ३८०० सय वटा ट्रान्सफरमरहरु सन्चालनमा रहेका छन् । महाराजगञ्ज, दरवारमार्ग लगायतका केही मुख्य स्थानका ट्रान्सफरमर विग्रिएकोले समस्या भएको हो ।

घिसिङले यो समस्या केही दिनमा नै व्यवस्थापन हुने दावी गर्दै दिर्घकालिन रुपमा पनि प्राधिकरणले समस्याको समाधान गर्नका लागि कदम चालेको पनि स्पष्टीकरण दिए ।
‘विद्युतको मागमा आएको बृद्धि खुसीको कुरा हो, हामीलाई अहिलेको लोड धान्छ जस्तो लागेको थियो धान्न सकेन जसका कारण समस्या पैदा भयो त्यसैले हामीले समस्या समाधानका लागि नयाँ ट्रान्सफरमर किनेर रिप्लेस गर्दैछौ भने कतिपय स्थानमा फिडर नै विग्रिएकोले बनाउदैछौ ।’उनले भने ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १५:२५ मा प्रकाशित

You can share this post!

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

त्रिशूली ‘थ्री बी हब सबस्टेसन’ सञ्चालनमा   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:५३

काठमाडौँ, ४ जेठ : चिलिमे–त्रिशूली दुई सय २० केभी प्रसारण...

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:४३

पटना (भारत), ४ जेठ : बिहारको राजधानी पटनास्थित एक विद्यालय...

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

महालक्ष्मी विकास बैंक र एनसीएचएल बिच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरणका लागि समझदारी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)...

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १६:३०

काठमाडौँ, ४ जेठ : नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर...

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...