back
NMB ad

नजिकियो ५ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम मिति, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । विभिन्न पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन निजिकिएको छ ।

सेञ्चुरी कमर्सियल बैंकसहित पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आइतबार अर्थात पुस १८ गते अन्तिम दिन रहेको छ ।

आउँदो आइतबार सेञ्चुरी कमर्सियल बैंक, मिर्मिरे लघुवित्त, मिथिला लघुवित्त, प्रोग्रेशिभ फाइनान्स र कालिका पावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी पाँच वटै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस १९ गते सोमबार बुक क्लोज गर्दैछन् । त्यसकारण आइतबारसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्नेछन् ।

सेञ्चुरी कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ५. ७५ प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि बैंकले पुस ३० गत साधारण सभा बोलाएको छ ।

आउँदो सोमबार अर्थात पुस १९ गतेदेखि २९गतेसम्म बुक क्लोज गर्न लागेको मिर्मिरे लघुवित्तले भने गत आवको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस २९ गते सभा डोकेको छ ।

यस्तै, मिथिला लघुवित्तले पनि सोमबार बुक क्लोज गर्दैछ । पुस १८ गते (आइतवार) सम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते सभा बोलाएको छ ।

त्यसैगरि प्रोगेशिभ फाइनान्स कम्पनीले पनि पुस १९ गते बुक क्लोज गर्ने भएको छ । त्यसकारण आइतवारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते सभा गर्ने भएको छ ।

यता, कालिका पावर कम्पनीले पनि साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्नेभएको छ । त्यसकारण पुस १८ गतेसम्म कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस ३० गते सभा बोलाएको छ ।

वि.सं.२०७८ पुस १६ शुक्रवार १५:५१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...