back
NMB ad

किसानलाई आकर्षित गर्न कृषि मेला

Kumari bank ad

उदयपुर । उदयपुरको ताप्ली गाउँपालिकाले कृषि पेसाप्रति किसानलाई आकर्षित गर्न पहिलोपटक बृहत् कृषि प्रर्दशनी मेला आयोजना गरेको छ ।

छरिएर रहेका किसानलाई कृषि पेसामा गोलबन्द गर्न र जागरुक बनाउन साहस नेपालसँगको सहकार्यमा गाउँपालिकाले रूपाटारमा पालिकास्तरीय कृषि जैविक विविधता प्रदर्शनी आयोजना गरेको हो ।

मेलामा गाउँपालिकाभरिका किसानले आफूले उत्पादन गरेका कृषिबाली तथा पशुपन्छी प्रदर्शनमा ल्याएका थिए । मेलामा कृषि तर्फ इन्द्रबहादुर शाही र पशुपन्क्षीतर्फ रामबहादुर हमाल उत्कृष्ट किसान घोषणा भएका छन् ।

प्रदर्शनीतर्फ कृषीबालीअन्तर्गत कृष्णबहादुर तामाङ र पशुतर्फ भीमबहादुर तामाङ र कल्पना खड्का र पन्क्षीतर्फ हरीबहादुर ठकुरी पुरस्कृत भएका छन् । उनीहरूलाई कृषिजन्य सामग्री सहित ताप्ली गाउँपालिकाका अध्यक्ष उद्धवसिंह थापाले प्रमाणपत्र प्रदान गरे ।

गाउँपालिकाले पहिलोपटक आयोजना गरेको कृषि मेलामा उल्लेख्य मात्रामा कृषकहरूको सहभागिता रहेको भन्दै कृषि क्षेत्रको प्रवर्द्धनका लागि गाउँपालिका सदैव लागिपर्ने अध्यक्ष थापाको भनाइ छ ।

किसानको बलबाट मुलुकमा आर्थिक क्रान्ति सम्भव रहेको बताउँदै अध्यक्ष थापाले किसानलाई कृषि पेसामा प्रोत्साहन गर्न स्थानीय सरकारले चाँडै योजना बनाएर अघि सर्ने बताए । उनले किसानलाई कृषीजन्य बस्तु तथा पशुपन्क्षी उत्पादनमा सदैव सहयोग गरेको स्मरण गर्दै बजार व्यवस्थापनका लागि पालिकाले अध्यायन गरिराखेको जानकारी दिए । सहयोगी संस्था साहास नेपालका लिफ्ट परियोजना अधिकृत देवेन्द्र लामालाई पालिका अध्यक्ष थापाले सम्मान गरेका थिए ।

वि.सं.२०७८ पुस १८ आइतवार ११:३८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...