back
NMB ad

बौरिन खोज्दै बन्दीपुरे पर्यटन

Kumari bank ad

तनहुँ । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वभर फैलिरहँदा बन्दीपुरको पर्यटन भने बौरिने प्रयास गर्दैै छ । अंग्रेजी नयाँ वर्षले बन्दीपुरे पर्यटनलाई बौरिन सघाएको छ ।

कोरोना कहरले थला परेर विस्तारै तग्रिँदै गरेको बन्दीपुरमा अंग्रेजी नयाँ वर्ष मनाउन आएका आन्तरिक पर्यटकको घुइँचो लाग्यो । बन्दीपुर बजार र टुँडिखेलमा पर्यटक चहलपहल निकै भयो । सडक खाना महोत्सवको कारण शुक्रबार र शनिबार कठ्यांग्रिदो चिसोमा पनि आधा रातसम्म बन्दीपुर जागिरहेको थियो ।

नयाँ वर्षको कारण यहाँका अधिकांश होटल रेष्टुरेन्ट भरिभराउ भए । बन्दीपुरमा साना ठूला गरेर एक सयको हाराहारीमा होटल रेष्टुरेन्ट सञ्चालित छन् ।

शुक्रबार र शनिबार यहाँका होटलमा ९० प्रतिशत बढी अकुपेन्सी रहेको क्षेत्रीय होटल संघ बन्दीपुरका अध्यक्ष विपिन प्रधानले बताए ।

नयाँ वर्षमा पर्यटकको भिडले बन्दीपुरको पर्यटन उकालो लाग्ने सन्देश दिएको उनको भनाइ छ । ‘यहीँ अवस्थामा बन्दीपुरको पर्यटन उकालो लागेमा कोरोना कहरले भोग्नुपरेको नोक्सानीको क्षतिपूर्ति उठाउन सक्छौ कि भन्ने विश्वासमा छौँ’,उनले भने ।

शुक्रबार र शनिबार गरिएको सडक खाना महोत्सवमा करिब आठ हजार पर्यटक सहभागी भएका बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसन प्रधानले जानकारी दिए । ‘नयाँ बर्षमा देखिएको पर्यटकको घुइँचो बन्दीपुरको पर्यटनका लागि सुखद् हो’, उनी बताउँछन् ।

‘सडकमै खाऔँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ बन्दीपुर बजार क्षेत्रको खुला आकाशमुनि खाना महोत्सव गरिएको हो । होटल रेष्टुरेन्टले सडकमै आआफ्नो स्वादका खानाका परिकार पाहुनालाई चखाएका थिए ।

क्षेत्रीय होटल संघ बन्दीपुर, बन्दीपुर पर्यटन विकास समिति र उद्योग वाणिज्य संघ बन्दीपुर बजार इकाई मिलेर पर्यटक बढाउने उदेश्यले महोत्सव आयोजना गरेका हुन् ।

नयाँ वर्षमा गरिएको दुई दिने खाना महोत्सवले पर्यटकको संख्या बढेपछि अब हरेक महिना बन्दीपुरमा कुनै न कुनै कार्यक्रम गर्ने यहाँका पर्यटन व्यवसायीले जनाएका छन् । पर्यटकलाई आकर्षित गर्नलाई होटल रेष्टुरेन्टले छुटको व्यवस्था दिने तयारी समेत गरेका छन् ।

बन्दीपुरमा पुगेका ९९ प्रतिशत आन्तरिक पर्यटक हुन् । कोरोना कहर सुरु हुनु अगाडिसम्म बन्दीपुर आउने विदेशी र आन्तरिक पर्यटकको संख्या बराबर थियो ।

होटल व्यवसायी बैँश गुरुङका अनुसार बसाइका हिसाबले बन्दीपुरमा अधिकांश विदेशी पर्यटक हुन्थे । ‘आन्तरिक पर्यटक त आउने घुम्ने जाने मात्र थियो । अहिले त बन्दीपुर आउने बस्ने सबै पर्यटक आन्तरिक नै हुन् ।

विदेशी त शून्य जस्तै भएको छ’, उनले भने, ‘कोरोनापछि व्यवसाय चलाउन आन्तरिक पर्यटकले भरथेग मिलेको छ ।

वि.सं.२०७८ पुस १८ आइतवार १३:४७ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...