back
NMB ad

चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको बोनस सेयर कति ?

Kumari bank ad

काठमाडौं । मंगलबार दुई फाइनान्ससहित चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

उक्त दिन पोखार फाइनान्स, मल्टीपर्प फाइनान्स, कालिका लघुवित्त वित्तीय संस्था र जन उत्थान सामूदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।

यी चारै वटा कम्पनीहरुले साधारया सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुधावार अर्थात पुस २१ गते बुक क्लोग गर्ने भएका छन् । योसंगै कम्पनीहरुको सभामा भाग लिन र लाभांश प्राप्त गर्नका लागि मंगलबारसम्म सेयरधनी बनिसक्नुपर्नेछ ।

पोखरा फाइनान्सले साधारण सभा प्रयोजनको लागि पुस २१ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसँगै मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउने छन् ।

कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई ८.०७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्न कम्पनीले पुस ३० गते साधारण सभा बोलाएको छ ।

यस्तै, मल्टीपर्पस फाइनान्सले पनि पुस २१ गते बुक क्लोज गर्न लागेको हो । योसंगै भोलि अर्थात मंगलवासम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । उक्ता लाभांश कम्पनीको पुस ३० गते हुने साधारण सभाले पारित गर्नेछ ।

त्यसैगरि, कालिका लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते देखि ३० गतेसम्म बुक क्लोज गर्ने भएको छ । योसंगै मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते सभा बोलाएको छ ।

यता, जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले साधारण सभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने भएको छ । योसँगै पुस २० गते मंगलवारसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले पुस ३० गते साधारण सभा डोकेको छ ।

वि.सं.२०७८ पुस २० मंगलवार ०९:१३ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...