back
NMB ad

थाहा पाउनुहाेस् तपाईंकाे राशिफल

Kumari bank ad
२१ पुस २०७८ ।  पौषशुक्लपक्ष तृतीया तिथि, गर करण, श्रवण नक्षत्र, व्रज योग, चन्द्रमा मकर राशिमा  छ ।

बुधबार १२ः१० मा राहुकाल शुरु भएर १ः२८ मा सकिने छ । अभिजित मुहूर्त ११ः४९ मा शुरु भएर १२ः३० मा सकिने छ । भनिन्छ, राहुकाल भएको समयमा शुभ काम नगर्नुहोला ।

आजको देवता बरुण, ग्रहदेव चन्द्र रहेको छ । भनिन्छ, बुधबारको दिन घर गृहस्थसम्बन्धी काम गर्नु राम्रो हुनेछ । भनाइ छ, सोम खेती बुध घर । आर्थिक कारोबारको लागि बुधबार शुभ मानिन्छ । बैकिग संस्थाबाट ऋण लिनु परेमा बुधबार उपयुक्त दिन हो । आज बिहान ६ः५७ मा सूर्योदय हुनेछ भने १७ः२१ मा सूर्यास्त हुनेछ । आजदेखि शुक्र पश्चिमा अस्त हुनेछ । शुक्र पुस २७ गते पूर्वमा उदय हुनेछ ।

आजको राशिफल 

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :  मेष राशिको जातकका लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने देखिन्छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनु होला । मित्रजन र घर परिवारबाट साथ सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : तपाईंले आजको दिन विगतमा गरेको कामबाट मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक हानी लाभ दुवै हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्‍याउनु होला । मनमा अनेक कुरा खेल्नेछन् । आफन्तजनसँग वादविवाद हुनसक्छ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनेछ । मनमा अशान्ति छाउने छ । अध्ययनअध्यापनको काममा लाग्नु बेस हुनेछ । ध्यान साधनामा समय विताउनु भयो भने मनमा उर्जा प्राप्त हुनेछ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :  आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु होला । कसैसँग पनि वादविवाद गर्दा तपाईंका लागि अपजस आउनसक्छ । त्यसैले आजको दिन मेरो लागि यस्तै नियमको पालना गर्नु ठीक छ भनेर पालना गर्नुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : तपाईंलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ट प्राप्ति होला । सकारात्मक सोच लिनु बेस हुनेछ । कसैसँग पनि विवाद नगर्नुहोला । विवादबाट तपाईंलाई नै हानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :  मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम गर्न आटनुभएको छ भने बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) :  तपाईंले आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईले आज सबैको भलाइ हुने काम गर्दा बेस हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । परिवार र आफन्तजनले तपाईंले गरेको कामको निकै प्रसंशा गर्नेछन् ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :  समय अनुकुल छैन भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :  व्यापारबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, परिवारबाट नयाँ कार्ययोजना र आफन्तजनको  सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कुमारी कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईंले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । यात्रा गर्नु अघि एकपटक सोच्नुहोला । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरुको साथ सहयोगले नयाँ काम हुनेछ । चन्द्रमाको साथ रहेको छ । बिहानको सूर्योदयको दर्शनपछि शुरु गरेको काम सफल हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्यसमस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु होला । आजको दिन अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईमाथि अनावश्यक आरोप पनि लगाउन सक्छन् ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । काममा धैयता र नियमित काम बाहेक नयाँ काम नगर्नुहोला । ब्यापार ब्यबसायमा लाभ हुनेछ । शिवालय यात्रा फलदायी हुनेछ । अध्ययन अध्यापनमा सफलता मिल्नेछ । आजको दिन घर गृहस्थको लागि केही नयाँ सामग्री खरिद गर्न सक्नुहुनेछ ।

वि.सं.२०७८ पुस २१ बुधवार ०७:३६ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...