काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्यमा गिरावट आएको छ । बुधवार बैंकको सेयर मूल्यमा झिनो गिरावट आएको हो ।
साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य २.५६ प्रतिशत अर्थात प्रतिकित्ता ८ रुपैयाँ १० पैसाले घटेर ३०७ रुपैयाँ ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ३ करोड ५६ लाख १० हजार रुपैयाँ बराबरको १ लाख १३ हजार ८४३ कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७८ पुस २१ बुधवार १६:०५ मा प्रकाशित