back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा हुँदै, कुनको कस्ता छन् एजेण्डा ?

Kumari bank ad

काठमाडौं । भोेलि अर्थात बिहीबार एनएमबि बैंकसहित तीन कम्पनीको साधारण सभा हुँदैछ ।

भोलि एनएमबि बैंक, नेपाल पुनर्बीमा कम्पनी र हाइड्रोइलेक्ट्रीसी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) ले सभा गर्न लागेका हुन् ।

यी तीनै कम्पनीहरुको साधारण सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

एनएमबि बैंक

बिहीबार एनएमबि बैंकको २६औं वार्षिक साधारण सभा हुँदैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५.८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमध्ये बैंकले सेयरधनीहरुलाई १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सभामा आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित, र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित हुने छ । सभा प्रयोजनका लागि बैंकले पुस ७ गते बुक क्लोज गरिसकेको छ ।

नेपाल पुनर्बीमा कम्पनी

नेपाल पुनर्बीमा कम्पनीले पनि भोलि अर्थात बिहीबार छैठौं वार्षिक साधारण सभा गर्दैछ ।

सभाले आव २०७६/७७ को मुनाफाबाट १६.५० प्रतिशत बोनस सेयर र २.५० प्रतिशत नगद लाभांश कर समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गरेको छ । पुुस १३ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

एचआईडिसीएल

एचआईडिसीएलले १०औं वार्षिक साधारण सभा पनि बिहीबार हुँदैछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय हात्तीसार काठमाडौंमा बिहान ९ बजे हुनेछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ । कम्पनीले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गरेको हो । यस आधारमा पुस ४ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७८ पुस २१ बुधवार १७:०३ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...