back
NMB ad

‘बिदेशी मुलुकको अवैतानिक दुत बनी निलो नम्बर प्लेट र झन्डा फहराएर हिड्नु मुलुकप्रति अपराध’

Kumari bank ad

काठमाडौं । नेपाल सरकारले नेपालस्थित अवैतानिक महावाणिज्य तथा वाणिज्यदूतहरुलाई उनीहरुको गाडीमा निलो नम्बर प्लेट र झण्डा राख्न पाउने सुविधा दिने निर्णय गरेकोमा पूर्व सुरक्षाकर्मी परिषदले आपत्ती जनाएको छ । शुक्रबार काठमाडौमा भएको पत्रकार सम्मेलनमा पूर्व सुरक्षाकर्मी परिषद्ले अवैतानिक दुत बनी नेपालमा निलो नम्बरको प्लेटको गाडीमा झण्डा हालेर मुलुकप्रति अपराध गरेको बताएका हुन् ।

परिषद्ले आगामी पौष २७ गते पृथ्वी नारायण शाहको जन्मजयन्तीको दिन सार्वजनिक बिदा दिएर भव्य रुपमा मनाउन सरकारसँग माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र समेत बुझाएको जानकारी गरायो ।

कार्यक्रममा बोल्दै पुर्व जनरल प्रा.डा.प्रेमसिंह बस्यातले पछिल्लो समयका राजनीतिक दलका नेताहरुले मिलेसम्म देश बेच्ने र उनीहरुमा देशको कुनै पनि माया नभएको बताए । नारायणीहिटीको पर्दाफास गरेको भन्दै सस्कृती तथा पर्यटन मन्त्री प्रेम आलेको प्रशंसा गरे । नेपाली सुरक्षाको पेन्सन अवधि १६ वर्ष हुनै पर्नेमा उनले जोड दिए । ज्योतिष सेवाको नाममा ठगी गर्दै आएको धरानका एक व्यक्तिले ठगी गरिरहेको सुनाउँदै ती व्यक्तिलाई कारावाही गर्न सरकारसँग आग्रह गरे ।

नेपाली भुमिमा नेपालीले नै बिदेशी मुलुकको अवैतानिक दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतिक सुबिधा लिएकाहरुप्रति उनले अपराधको संज्ञा दिए । अहिलेका नेताहरु भ्रष्ट भएको भन्दै भुइचालोको बेलामा नेपाली कांग्रेसका नेताले जनताको जस्ता खाएको उनले आरोप लगाए । भुइचालो जस्तो महासंकटको समयमा पनि भ्रष्टाचार गरेको भन्दै उनले राष्ट्र प्रेम गर्ने एकजना पनि नेताहरु कांग्रेसमा नरहेको उनले जिकिर गरे । नेपालले नेपालको हितको लागि एमसीसी सम्झौता गर्न नुहुने उनको भनाई थियो । उक्त सम्झौता राष्ट्रघाति भएमा खारेज गर्न पर्ने उनले जोड दिए ।

खेतान, गोल्छा, चौधरी लगायत व्यापारिक समुहहरु लोटा लिएर नेपाल छिरेर देशलाई कंगाल बनाउन लागेको उनले आरोप लगाए । उनीहरुले नेपाललाई दोहन गरेर विदेशी बैंकमा रकम राखेको समेत उल्लेख गरे । उनले भने, ‘खेतान, गोल्छा, चौधरीहरु हिजो लोटा लिएर नेपाल आएका थिए । सियो भएर नेपाल पसेर हात्ति भएर निस्कदैछन् । यीनीहरुको हातमा देश चलिरहेको छ ।’ चौधरी समुहले प्रधानमन्त्री र उनकी पत्नी डा. आरजु देउवालाई समातेको उनले बताए । उनीहरुले राजदुत भन्दा माथिको सेवा सुविधा लिएर नेपालकै अपमान गरेको सुनाए । ०६४ सालमा कांग्रेसका नेता गिरिजाप्रसाद कोइरालाले ‘लोटाधारी’ हरु नेपाल प्रवेश गराएको उनको भनाई थियो ।

आर्थिक र राजनीतिक विचलन ल्याउन भारत र चीनले नेपालमा रणनीति गरीरहेको उनले आरोप लगाए । डा.बस्न्यातले नेपाली कांग्रेसले माडे र लोटाधारीका पैसाले देश बर्बाद गरेको आरोप लगाए । यी नेताहरुको कामको विरोध गर्न नेत्र विक्रम चन्द्र ‘विप्लव’ समूहलाई आग्रह गरे । लोटाधारीहरुले नेपाललाई कंगाल बनाएको भन्दै बिनाश तर्फ लगेको उनले जिकिर गरे । उनले भने, ‘नेपालमा पैसा भएमा संविधान किन्न सकिदो रहेछ । नेपाली कांग्रेसलाई पैसा खुवाएर झण्डा किन्न सकिदो रहेछ । त्यो अहिले स्पष्टै देखियो ।’

‘देश निरिह हुनुमा राष्ट्रिय सुरक्षा कमजोर हुनु हो । सुरक्षाकर्मीहरुले जागिर मात्र नखाई देशप्रतिको माया देखाउनुपर्ने बेला आएको छ । नेताहरु र सुरक्षाकर्मीको एउटा गल्तीले गर्दा देशको अवस्था यस्तो भयो, लोटाहरुको राज भयो देशमा ।’–उनले भने । पृथ्वीनारायण शाहलाई राष्ट्रपिता भन्दै उनको जन्म जयन्तीको दिन पौष २७ गते बिदा दिनै पर्ने उनले धारणा राखे ।

परिषद्का सदस्य सनदसिंह बस्न्यातले निलो नम्बरको प्लेट प्रयोग गर्ने, राजदुतले पाएको सेवा, सुविधा लिने र कोरोना महामारीको अवस्थामा कुटनैतिक अपराध गर्ने काम यस अघिको सरकारले रोकेपनि वर्तमान सरकारले अपराध गर्ने बाटो खुल्ला गरेको बताए । नेपालको हितमा काम गर्ने पाटोलाई बिर्सिएर समाजमा अपराध गरेर हिड्ने, समाजमा देखाउने धाक धम्की देखाउने प्रवृतिले देशलाई ठुलो घाटा लाग्ने उनले बताए ।

तराई क्षेत्रमा आफुले लामो समय काम गरेको स्मरण गराउँदै उनले विवादस्पद सुरक्षाकर्मीलाई प्रधानकार्यालयमा तानिने सामान्य कुरा भएको सुनाए । हिजोजस्तो आज तराईमा हतियारधारी समुह नभएको समेत उल्लेख गरे । तराईमा स्थानिय नेताहरुले प्रहरी प्रमुखसँग पहुँच बनाएर प्रहरीलाई आफु नजिक बनाउन खोज्ने प्रवृत्ति हाबी भएको उनको भनाई थियो । उनले तराईमा प्रहरीलाई स्वतन्त्र रुपमा अनुसन्धान गर्न दिने र अनुसन्धानमा सहयोग गर्ने काम निकै कम हुने बताए ।

उनले भर्खरै मात्र ३ महिना निलम्बित सिरहाका प्रहरी प्रमुख हिरा पाण्डे युनाइटेड नेसनबाट मेडल पाएको व्यक्ति भन्दै सुरक्षाको ज्ञाता हुनुपर्ने पनि बताए । पाण्डेले बाहिर आएको जस्तो व्यक्तिगत रुपमा थ्रेट दिएको हुननसक्ने उनको भनाई थियो । प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न नदिने प्रवृत्तिलाई रोक्न पर्ने उनले धारणा राखे । पीडित भनिएका कांग्रेसका नेतालाई पनि पदिय हैसियतबाट निलम्बित गरेर मात्र छानबिन गर्न पर्ने उनले धारणा राखे ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले वाणिज्यदूतहरुले नेपालीले नै बिदेशी मुलुकको अवैतनिक दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतीक सुबिधा दुरुपयोग गरेको बताए । उनले भने, ‘ठुला व्यापारी घरानाका व्यक्तिलाई मात्र वाणिज्य दुत बनाउने परिपाटी ०६४ बाट सुरु भएको हो । नेपालकै धनाड्य बिनोद चौधरीको परिवारले निलो झण्डा हालेर कुटनैतिक सुविधा दुरुपयोग गरेका छन् ।’

नेपालका धनी व्यापारीहरु अधिकांशले अवैधानिक गाडी चढेको उनले आरोप लगाए । निलो गाडीको प्रयोगले तस्करी गरेका छन् की भनेर यस विषयमा व्यापक अनसुसन्धान गर्न पर्ने बेला आएको उनको भनाई थियो । ‘विदेशी कुलका मानिसहरुले के हिसाबले नागरिकता लिए ? त्यसको बारेमा अब समिक्षा गर्नुपर्छ ।’ उनले भने, ‘कुन देशबाट कति वाणिज्यदूत किन नियुक्ति गरिन्छ त्यसको बारेमा छानबिन गर्न पर्छ । व्यापारिक घरानाका मात्र किन वाणिज्य दुत हुने किन ?’
नेपाली कांग्रेसका भर्खरै निर्वाचित केन्द्रीय सदस्य समेत रहेका बिनोद चौधरी हिजो एमालेको सदस्य भएर आज कांग्रेसको नेता भएर हिडेका छन् । उनको सम्पत्तिको पनि छानबिन गर्नुपर्छ ।’ बतास समुहको बारेमा अनुसन्धान गर्न उनले माग गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’ले १२ बुँदे सम्झौतासँगै नेपालको राष्ट्रियता भारतलाई बुझाएको आरोप लगाए । उनले भने, ‘कोदो रोपेर धान फल्दैन । १२ वर्ष भारतले प्रचण्डलाई ज्वाईलाई जस्तै पालेको हो ।’ अहिलेको व्यवस्था संघियता घाँडो भएको उनले सुनाए । ललितपुरको खुमलटारबाट रत्नपार्क सुरक्षाकर्मी बिना आउन समेत प्रचण्डलाई चुनौति दिए ।

क्रिसमसमा शनिबार भएपनि बिदा घोषणा दिने सरकारले पृथ्वी नारायण शाहको जन्म जयन्तीको दिन बिदा दिन सरकारले कन्ज्युसाई गर्न नमिल्ने उनले धारणा राखे । उनले भने, ‘जसले देश बनाइदिए उसैको उपहास गर्न मिल्दैन् । गणतन्त्र आएपछि नेपालीलाई थप सास्ती भएको छ ।’ राजाले बाहेक अरुले देश नबचाउने समेत उनले जिकिर गरे । अब नेपालीहरुलाई ज्यान बचाउनको लागि नै राजाको आवश्यकता रहेको औंल्याए ।

त्यस्तै, संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले वाणिज्य दुत बनी निलो नम्बर प्लेटको गाडीमा झण्डा हालेर कुटनैतीक सुबिधा लिने काम गलत भएको बताए । उनले भने, ‘राजदुतको नाममा गलत काम भइरहेको छ, सुविधाको धेरै दुरुपयोग गरिएको छ ।’ ठुला–ठुला व्यापारीहरु र तस्करीहरु नै यसको सुविधा लिएको उनको भनाई थियो ।

अमेरिकी सहयोग नियोग एमसीसी सम्झौता नेपाल र नेपालीको लागि निकै घातक भएको उनले आरोप लगाए । अहिलको सरकार दलालको हातमा रहेको आरोप लगाउँदै उनले भने, ‘जो मानिस सरकारमा जान्छ, उसलाई सरकार चलाउन पैसा चाहिन्छ र डनहरुले हात लिन्छन् । र देशको अवस्था डामाडोल हुन्छ ।’

सरकार अहिले डनबाद र धनबादमा चलेको उनले आरोप लगाए । ०६२÷०६३ आन्दोलन सफल भएपनि नेपालीको योजनाहरु कुनै पनि सफल नभएको उनको आरोप थियो । उनले भने, ‘विदेशीको योजना मात्र सफल भएको छ । विदेशीहरुमात्र यो आन्दोलनबाट रमाएका छन्, नेपालीहरु होइन् ।’’

पुर्व सुरक्षा परिषद् नेपालका सदस्य बिक्रम पाण्डेले राजनीतिक नेताहरु र राष्ट्रिय सुरक्षाको कारण देश असफल भएको उनले बताए । दलाल नेताहरुकै कारण देश आज अफगानस्तान जस्तो हुन लागेको उनले आरोप लगाए । देशमा प्रधानसेनापति, प्रहरी प्रमुख, शसस्त्र प्रमुखहरुले पनि अब देशको लागि बोल्न पर्नेमा जोड दिए ।

उनले भने, ‘एमसीसीको कारण हाम्रो देशमा पनि अफगानस्तानको अवस्था आउन नदिन सुरक्षाकर्मीहरुले महत्वपुर्ण भुमिका रहन्छ ।’ पाण्डेले एमसीसी सम्झौताको कारण देश कता जादैछ त्यतातिर ध्यान दिन आग्रह गरे । एमसीसी सम्झौता लागु भएमा अफगानस्तानका राष्ट्रपति घानीले जस्तै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीहरुले रातिको १२ बजे देश छोड्न पर्ने दिन आउने पनि चेतावनी दिए ।

पुर्व सुरक्षाकर्मी परिषद नेपालको प्रेश विज्ञप्ती केन्द्रीय अध्यक्ष कोमल बहादुर राउतले पढेर सुनाएका थिए । राउतले राष्ट्रपिता पृथ्वीनाराण शाहको योगदान र मार्गदर्शनलाई राज्यले बिर्सनु बिडम्बना भएको उनले बताए । राष्ट्रनिर्माताको सम्मानको लागि पौष २७ गते स–सम्मान बिदा दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको उनले जानकारी दिए । आफुहरुको पौष २७ गते सार्वजनिक बिदाको मागलाई धेरै संघ, संस्थाहरुले समर्थन गरेको उनले सुनाए ।

 

 

वि.सं.२०७८ पुस २३ शुक्रवार १८:०३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...