back
NMB ad

उदयपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाको एकीकरण पदयात्रा

Kumari bank ad

उदयपुर । उदयपुरको पुरानो सदरमुकाम उदययपुरगढी दरबार क्षेत्रमा नेपाली सेनाले एकीकरण पदयात्रा सञ्चालन गरेको छ । नेपालको राष्ट्रिय एकता र प्रतिष्ठाको प्रवर्द्धन गर्न सेनाको रणशार्दुल गणले उदयपुरगढी किल्लामा शुक्रवार एकीकरण पदयात्रा गरेको हो ।

सेनाको आयोजनामा उदयपुरगढी गाँउपालिका–। ८ मदन भण्डारी लोकमार्गस्थित नरेटारबाट उदयपुरगढी गाउँपालिका– ६ नेपालटार बजार हुँदै पद यात्रा गरेको थियो । नेपाली सेनाको साँस्कृतिक झाँकीसहित मार्चपास पद यात्रामा नेपाली सेनाको रणशार्दुल गण बोक्से ब्यारेक, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल ५ नम्बर गण रातमाटेसहितको संयुक्त टोली रहेको थियो ।

नरेटारबाट मार्चपास सुरु गरेर उदयपुरगढी गाउँपालिका-५ स्थित ऐतिहासिक उदयपुरगढी किल्ला क्षेत्र सञ्चालन गरिएका थिए । उदयपुरगढी किल्लामा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव र उदयपुरगढी गाउँपालिका उपाध्यक्ष सानुमाया राउतबाट संयुक्त रुपमा झण्डोत्तोलन गरिएको थियो । पुरानो उदयपुरगढीमा झण्डोत्तोलनपछि पञ्चावती मन्दिर परिसरमा सेनाले उदयपुरगढी क्षेत्रमा सरसफाइ गरेको थियो । उदयपुरगढी नेपाली काग्रेसका नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको टोलीले २६ कात्तिक २००७ सालमा कब्जा गरेको स्थान पनि हो ।

समारोहमा उदयपुरगढी गाउँपालिकाका उपाध्यक्ष राउत, प्रमुख जिल्ला अधिकारी यादव, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख सुबासचन्द्र बोहोरा, सशस्त्र प्रहरी बल ५ नम्बर गणका प्रमुख सुधिर सुवेदी, राष्ट्रिय अनुसन्धान कार्यालय उदयपुरको प्रमुख, प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदी, उदयपुरगढी गाउँपालिका– ६ का वडाध्यक्ष कृष्णबहादुर खत्री, वडा नम्बर ८ का वडाध्यक्ष टंकबहादुर श्रेष्ठ, कार्यपालिका सदस्यत्रय संगिता विक, कुन्तिमाया मगर, गोमा खत्री लगायतका जनप्रतिनिधि, स्थानीय बुद्धिजिबी, स्थानीयको उपस्थिति थियो ।

यस किसिमको कार्यले ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको संरक्षण, संबर्द्धन एवम प्रबर्द्धनमा टेवा पुग्ने र आन्तरिक पर्यटन प्रबर्द्धनमासमेत सहयोग मिल्नुका साथै राष्ट्रिय एकता र प्रतिष्ठाको प्रबर्द्धनमा अहम् भूमिका खेल्ने विश्वास नेपाली सेनाले लिएको छ ।

सेनाको रणशार्दुल गणले विगतदेखि नै गढी किल्ला संरक्षण तथा प्रवर्द्धनको लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । संयुक्त टोलीले नरेटारदेखि पुरानो उदयपुरगढीसम्म करिब १३ किलोमिटरको पदयात्रा गरेको थियो । पदयात्रामा पृथ्वीनारायण शाहको पालमा गठन गरिएको सेना कालो दौरा सुरुवाल लगाई त्यस बेला प्रयोग गरिएको हतियारसहित साँस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी यादवले पुरानो उदयपुरगढी किल्लामा झण्डोत्तोलन गर्दै किल्ला तथा गढीको संरक्षण गर्ने कार्यमा सेनाले अहम् भूमिका खेर्दै आएको बताए । उदयपुरगढी गाँउपालिकाका उपाध्यक्ष राउतले ऐतिहासिक पहिचान बोकेको उदयपुरगढी क्षेत्रलाई संरक्षण र प्रबद्धधन गर्न लागि परेको जानकारी दिइन । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले पालिकाले योजनाबद्ध रुपमा गुरु योजना बनाएर अघि बढेको उनको भनाइ छ ।

प्रमुख सेनानी अर्जुन बोहोराका अनुसार अघिल्लो हप्तामात्रै रणशार्दुल गणले चौदण्डीगढी दरबार क्षेत्रमा पदयात्रासहित झण्डोत्तोलन गरेको थियो । ईश्वर तामाङ,न्युज कारखाना

वि.सं.२०७८ पुस २३ शुक्रवार १६:५६ मा प्रकाशित

You can share this post!

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:१६

काठमाडौँ, १५ जेठ : प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले...

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

बजेट लगानीमैत्री र स्वागतयोग्य : अध्यक्ष ढकाल   

वि.सं.२०८१ जेठ १५ मंगलवार २०:०७

काठमाडौँ, १५ जेठ : अर्थमन्त्री वर्षमान पुनद्वारा आज प्रस्तुत बजेटमा...

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

आर्थिक वृद्धिदर छ प्रतिशत रहने अनुमान   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३४

काठमाडौँ, १५ जेठ : सरकारले आगामी आर्थिक वर्ष २०८१/ ८२...

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

बजेट वक्तव्यः बढेन कर्मचारीको तलब   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:३०

काठमाडौँ, १५ जेठ : सरकारले आर्थिक वर्ष २०८१/८२ को मा...

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

बजेट वक्तव्य : यस्ता छन् नयाँ नारा र कार्यक्रम   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२६

काठमाडौँ, १५ जेठ : सरकारले पूँजीगत खर्च कार्यान्वयनमा देखिएको चुनौतीको...

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वित्तीय अपराधको प्रभावकारी नियन्त्रण   

वि.सं.२०८१ जेठ १५ मंगलवार १८:२२

काठमाडौँ, १५ जेठ : सरकारले वित्तीय अपराधको प्रभावकारी नियन्त्रणका लागि...