काठमाडौं । भोलि अर्थात शनिबार पनि रियल टायम ग्रस सेटल्मेन्ट (आरटीजीएस) प्रणाली सञ्चालन हुने भएको छ ।
एक सूचना प्रकाशित गर्दै नेपाल राष्ट्र बैंकले पुस २४ गते पनि आरटीजीएस प्रणाली संचालन हुने जानकारी गराएको हो ।
राष्ट्र बैंकले वैदेशिक रोजगार बचतपत्र २०८२ ‘क’ को ब्याज भुक्तानी प्रयोजनको लागि बैंक तथा वित्तीय संस्थाहरुलाई आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको छ ।
सूचना अनुसार शनिबार बिहान १० बजेदेखि १२ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन राख्न भनेको हो ।
वि.सं.२०७८ पुस २३ शुक्रवार १६:५० मा प्रकाशित