back

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

Nepal Bank
काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल प्रा.लि. बीच व्यवसायिक सहकार्य गर्ने सहमतिपत्रमा आज हस्ताक्षर भएको छ । सहमतिपत्रमा वोन्डर्स नेपाल प्रा.लिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवाली र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत  लेखनाथ पोख्रेलले हस्ताक्षर गर्नुभएको हो ।
उक्त सहमतिपत्रमा उल्लेख भए बमोजिम नेपाल एसबिआई बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरु तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. लेखनाथमार्ग ठमेल, काठमाडौं मार्फत नयाँ डिम्याट खाता खोल्दा वा हाल कायम डिम्याट खाता सञ्चालन गर्दै आउनु भएका डिम्याट सेवा प्रयोगकर्ता ग्राहकहरुले स्काई वाकको टिकट खरीदमा १ देखि ५ जनासम्मको लागि १५ प्रतिशत र ५ जना भन्दा बढीको टिकट खरीदमा गर्दा २० प्रतिशत सम्म विशेष छुट प्रदान गर्ने सहमति भएको छ ।
कार्यक्रममा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत श्री लेखनाथ पोख्रेलले यो सहकार्यमा जोडिन पाउँदा खुसी व्यक्त गर्नुभयो भने वण्डर नेपाल प्रा.लिका प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञवालीले पनि आपसी सहकार्यबाट व्यवसायिक उचाइ हासिल हुने अपेक्षा राख्नुभयो । समारोहमा दुईवटै संस्थाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९ मा प्रकाशित

You can share this post!

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८२ असार ६ शुक्रवार १०:३६

काठमाडौं। साताको अन्तिम कारोबार दिन सुनको भाउमा गिरावट आएको छ...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५८

वीरगञ्ज (पर्सा) : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु आर्थिक वर्ष...

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

प्रभावकारी बन्दै कृषक पाठशाला: विषादी औषधि होइन भन्ने वास्तविकता बुझ्दै किसान   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:५३

कमल खत्री बेनी (म्याग्दी) : बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर...

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

टेक एण्ड पे पीपीए संसोधनमा सरकार गम्भीर नभएपछि इप्पानले घोषणा गर्‍यो आन्दोलन, यस्ता छन् कार्यक्रम

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:४३

काठमाडौं । टेक एण्ड पे पीपीए सम्बन्धी प्रावधान हटाउने सम्बन्धमा...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची    

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३५

काठमाडौँ  : प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे सङ्घीय संसद्...

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

नेपाल राष्ट्र बैंकद्वारा दुई भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज   

वि.सं.२०८२ असार ६ शुक्रवार ०६:३१

काठमाडौँ : नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पे...