back
NMB ad

दुई सहकारी मर्ज भएर ॐ श्रीशान्ति बहुउद्देयीयका नामबाट एकिकृत कारोबार सुरु

Kumari bank ad

काठमाडौं । श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेड बानेश्वर काठमाण्डौ र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोङ्गबु, काठमाण्डौं एक आपसमा गाभिएर ॐ श्रीशान्ति बहुउद्देयीय सहकारीका नामबाट एकिकृत कारोबार सुरु भएको छ ।

शनिबार श्री उग्रतारा बहुउद्देयीय सहकारी संस्था लिमिटेडको २२ औं साधारण सभा र ॐ शान्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभालाई एकिकृत साधारण सभाको रुपमा परिणत गरी बहुमत सदस्यको अनुमति पछि एकिकृत कारोबार सुरु गरिएको घोषणा गरीयो ।

संयुक्त साधारण सभाले एकिकृत कारोबारको लागि अत्याधुनिक सफ्टवेयर प्रयोग गरी सदस्यहरुले जुनसुकै सेवा केन्द्रबाट सेवा लिन सक्ने र भविष्यमा सेवा केन्द्रहरुको विस्तार गरी कार्यक्षेत्रको समेत विस्तार गर्ने, ट्याब्लेट बैंकिङ्गको सुरुवात गर्ने र आधुनिक सूचना प्रविधिको प्रयोग गरी सदस्यहरुलाई मोवाईल बैंकिङ्ग सेवा समेत प्रदान गर्ने योजना तय गरेको संस्थाका अध्यक्ष गोविन्द शर्माले बताउनु भयो ।

साधारण सभाको उद्धघाटन गर्दै कम्पनी रजिष्टार कार्यालयका प्रमुख प्रदिपराज अधिकारीले पूँजी निर्माण र उत्पादनशील क्षेत्रमा लगानी बढाउन अनुरोध गर्दै सम्बृद्धि र शान्ति सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

वि.सं.२०७८ पुस २५ आइतवार १३:५२ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...