back
Mega Long Ad

छ महिनामा पौने २ अर्बको अवैध सुन बरामद, राजस्व संकलन र पुँजीगत खर्चमा कमी

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनीले राजस्वमा कमी आइरहेको स्वीकार गरेका छन् । संसदको लेखा समितिको आइतबार भएको छलफलमा उनले पछिल्लो समयमा सरकारको लक्ष्य अनुसार नभई राजस्व संकलनमा गिरावट आएको स्वीकारेका हुन् ।

सरकारले चालु आर्थिक बर्षको लागि ११ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको भएपनि चालु आर्थिक बर्षको ६ महिना वित्तिसक्दा जम्मा ३९.९३ प्रतिशत अर्थात ४ खर्ब ७१ अर्ब रुपैयाँ मात्र संकलन गरेको छ महालेखा नियन्त्रणको कार्यालयले देखाएको छ ।

त्यस्तै उनले पुँजीगत खर्च कम हुनुमा ‘बजेट होलिडे’ र मन्त्रीपरिषद्को विस्तारमा भएको ढिलाई मुख्य कारण रहेको पनि जिकिर गरे । उनले भने, ‘हामीले समयमा नै मन्त्रीपरिषद् विस्तार गरेर बजेटको कार्यान्वयनमा गएको भए अहिले पुँजीगत खर्च राम्रो गतिमा अगाडी बढ्थ्यो तर ति सवैकाम समयमा हुन सकेनन् । जसको असर पुँजीगत खर्चमा पर्यो ।’

सरकारले पुस २४ गतेसम्म जम्मा ९.२१ प्रतिशत पुँजीगत खर्च गरेको छ । चालु आर्थिक बर्षको लागि सरकारले ४ खर्ब ३९ अर्ब ६५ करोड रुपैयाँ पुँजीगत खर्चका लागि छुट्याइएको छ।

त्यस्तै अर्थसचिव मरासिनीले चालु आर्थिक बर्षमा १ अर्ब ८२ करोड रुपैयाँ बराबरको १५५ केजी सुन भन्सारमा यात्रुहरुको दुरुपयोग भइ ल्याएको सुन समातिएको बताए । सो सुनबाट सरकारले १४ करोड ७० लाख रुपैयाँ राजस्व उठाएको पनि दावी गरे ।

 

वि.सं.२०७८ पुस २५ आइतवार १४:१७ मा प्रकाशित

You can share this post!

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

यसकारण सिभिल बैंकसँग मर्जहुन चाहन्छ हिमालयन बैंक

वि.सं.२०७८ माघ ६ बिहीवार १२:३८

काठमाडौं । हिमालयन बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग गर्ने भनिएको मर्जको...

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

फेरि बढ्यो पेट्रोलियम पद्धार्थको मूल्य, प्रतिलिटर कति पुग्यो ?

वि.सं.२०७८ माघ ५ बुधवार २१:३६

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पद्धार्थको मूलय बढाएको छ...

विद्युत वितरण विनियमावली,२०७८ कार्यान्वयन : विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

विद्युत वितरण विनियमावली,२०७८ कार्यान्वयन : विद्युतीय गाडी चार्ज गर्न घरमा छुट्टै मिटर राख्न सकिने

वि.सं.२०७८ माघ ५ बुधवार १२:०६

काठमाडौं । विद्युतीय गाडी प्रयोग गर्ने व्यक्तिहरुले आफ्नै घरमा छुट्टै...

सहुलियतपुर्ण कर्जाको १० मा ८ स्कीम असफल,सरकारको ११ अर्ब व्याज अनुदान

सहुलियतपुर्ण कर्जाको १० मा ८ स्कीम असफल,सरकारको ११ अर्ब व्याज अनुदान

वि.सं.२०७८ माघ ४ मंगलवार १६:४५

काठमाडौं । सरकारले सन्चालनमा ल्याएको १० प्रकारका सहुलियतपुर्ण कर्जाका स्कीममध्ये...

आयल निगमले भन्यो : पेट्रोल किन्ने पैसा छैन, ऋण चाहियो

आयल निगमले भन्यो : पेट्रोल किन्ने पैसा छैन, ऋण चाहियो

वि.सं.२०७८ माघ ४ मंगलवार १३:५९

काठमाडौ । नेपाल आयल निगमले माघ महिनादेखि नै पेट्रोलियम पदार्थ...

६ महिनामा निक्षेपको तुलनामा ७८ प्रतिशतले बढ्यो कर्जा, पुसमा ८७ अर्बले थपियो निक्षेप

६ महिनामा निक्षेपको तुलनामा ७८ प्रतिशतले बढ्यो कर्जा, पुसमा ८७ अर्बले थपियो निक्षेप

वि.सं.२०७८ माघ ४ मंगलवार १३:०४

काठमाडौ । चालु आर्थिक बर्षको ६ महिनामा बाणिज्य बैंकहरुमा २३७...