काठमाडौं । साताको पहिलो कारोबार दिन यूनियन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ ।
आइतबार युनियन लाइफ र सानिमा लाइफको सेयर मूल्य क्रमशः २.७५ प्रतिशत र २.२७ प्रतिशतले वृद्धि भएको हो ।
उक्त दिन यूनियन लाइफको सेयर मूल्य प्रतिकित्ता १८ रुपैयाँ २० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य आज ६७९ रुपैयाँ २० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार कम्पनीको आज २ करोड ४१ लाख ४२ हजार रुपैयाँ बराबरको ३६ हजार ४७ कित्ता सेयर खरिदबिक्री भएको छ ।
यस्तै, सानिमा लाइफको सेयर मूल्य आज प्रतिकित्ता १२ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५४० रुपैयाँ पुगेको छ ।
नेप्सेका अनुसार आज कम्पनीको १ करोड ५७ लाख १५ हजार रुपैयाँ बराबरको २९ हजार ३२२ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ पुस २५ आइतवार १६:२० मा प्रकाशित