back
NMB ad

भोलि तीन कम्पनीको साधारण सभा हुँदै: लाभांश पारित गर्ने मुख्य एजेण्डा, कुनको बोनस कति ?

Kumari bank ad

काठमाडौं । भोलि अर्थात सोमबार तीन कम्पनीहरुले साधारण सभा डाकेका छन् । भोलि दुई जलविद्युत र एक लघुवित्त कम्पनीको साधारण सभा हुँदैछ ।

सोमबार बुटवल पावर कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र एनएमबि लघुवित्त वित्तीय संस्थाले साधारण सभा गर्न लागेका हुन् । सभामा कम्पनीहरुले लाभांश वितरण लगायतका एजेण्डाहरुमा छलफल गरि पारित गर्नेछन् ।

सोमबार बुटवल पावरको २९औं वार्षिक साधारण सभा हुने भएको छ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८वको मुनाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले सभा प्रयोजनको लागि बुक क्लोज पुस ११ गते देखि २६ गतेसम्म बन्द गरेको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

यस्तै, रसुवागढी हाइड्रोपावरले पनि सोमबार सभा गर्दै छ । कम्पनीको सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

यसका साथै आव २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुनेगरी ऋण लिने निर्णय अनुमोदन तथा थप ऋण लिन स्वीकृती प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

त्यसैगरी एनएमबि लघुवित्त वित्तीय संस्थाले नवौं वार्षिक साधारण सभा सोमवार हुँदैछ । सभामा लाभांश पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।

कम्पनीको सभाले २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ९ गते देखि २६ गतेसम्म बुक क्लोज भएको छ । पुस ८ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन र लाभांश पाउनेछन् ।

वि.सं.२०७८ पुस २५ आइतवार १७:१० मा प्रकाशित

You can share this post!

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

विश्व बैङ्कले भन्यो-नेपालको वित्तीय सङ्घीयता कार्यान्वयनमा मध्यम प्रगति, प्रदेश र स्थानीय तह घाटामा   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३७

काठमाडौँ : विश्व बैङ्कले नेपालमा वित्तीय सङ्घीयता कार्यान्वयनको गति मध्यम...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:३१

काठमाडौँ, १ वैशाखः हाल देशमा पश्चिमी र स्थानीय वायुका साथै...

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै   

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:२५

काठमाडौँ, १ जेठ : सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को...

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस्  आजको राशिफल

आज १ जेठ २०८१ मंगलवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १ मंगलवार ०६:१३

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...