काठमाडौं । सोमबार नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को ५ करोड बढीको सेयर कारोबार भएको छ ।
उक्त दिन बैंकको ५ करोड २७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । साताको दोस्रो कारोबार दिन बैंकको १ लाख ६५ हजार ५८१ कित्ता सेयर किनबेच भएको छ ।
बैंकको सेयर मूल्यमा भने झिनो बढोत्तरी देखिएको छ । उक्त दिन बैंकको सेयर मूल्य ०.६३ प्रतिशत अर्थात प्रतिकित्ता २ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको ३१८ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७८ पुस २६ सोमवार १६:१० मा प्रकाशित