काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बानेस सेयरको मूल्य समायोजन भएको छ ।
नेप्सेले मंगलवार कम्पनीको ४० प्रतिशत बोनस सेयरको मूल्य समायोजन गरेको हो ।नेप्सेले बोनस सेयरको मूल्य समायोजनपछि कम्पनीको सेयर मूल्य २ हजार ६१४ रुपैयाँ २९ पैसा तोकेको छ ।
नेप्सेले अघिल्लो कारोबार दिन अर्थात सोमबार कम्पनीको अन्तिम सेयर मूल्य ३ हजार ६६० रुपैयाँको आधारमा समायोजन गरेको हो ।
वि.सं.२०७८ पुस २७ मंगलवार ०८:४५ मा प्रकाशित