back
NMB ad

सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेज नेपालको लागि थाई स्माइल एयरवेजको जनरल सेल्स एजेन्ट नियुक्त

Kumari bank ad

काठमाडौँ । थाइल्यान्डको क्षत्रीय पूर्ण वायुसेवा प्रदायक कम्पनी थाइ स्माइल एयरवेजले सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टको रुपमा नियुक्त गरेको छ ।

बैङ्कक स्थित थाई एयरवेजको पूर्ण स्वामित्व रहेको क्षत्रीय थाई स्माइल एयरवेजले नेपालको उत्कृष्ट ट्राभल एजेन्सी सोसाइटी इन्टरन्यासनल ट्राभल सर्भिसेजलाई नेपालको लागि आफ्नो जनरल सेल्स एजेन्टमा नियुक्त गरेको हो । यो नियुक्ती २०२१ डिसेम्बर १ देखि लागु भइसकेको छ ।

यस सम्झौता अनुसार सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले थाई स्माइल एयरवेजका लागि सेल्स, मार्केटिङ र एयरपोर्ट सञ्चालन सेवाका साथै पूर्ण ग्राहक र एजेन्सी सहयोग सेवाहरू उपलब्ध गराउने छ ।

यसै सम्झौतामार्फत थाई स्माइल एयरवेजले नेपाली ग्राहकहरुलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै नेपाली बजारमा रहेको अवसरलाई सदुपयोग गर्ने मात्र नभई सन् १९६८ देखि थाइ एयरवेज इन्टरनेशनलले वायुसेवा प्रदान गर्दै आएको यस रुटमा फेरी वायुसेवा प्रदान गर्दै नेपाल र थाइल्याण्ड बीचको दुरी पनि मेटाउने लक्ष्य राखेको छ ।

आरआर ग्रुप अफ कम्पनिजको स्वामित्व अन्तर्गतको सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजका अध्यक्ष रवि चन्द्र सिंहले भने, “थाई स्माइल एयरवेजसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हाम्रो पार्ट्नर एयरलाइन्सहरुको अन्तर्राष्ट्रिय बजार हिस्सा र बिक्री बढाउन हामीले अभ्यास गर्दै आइरहेकोमा अन्तरराष्ट्रिय स्तरको सेवा र स्थानीय बजारको हाम्रो ज्ञानलाई यो नियुक्तिले अझै राम्रो अवसर दिएको छ । थाई स्माइल एयरवेजको काठमाडौं–बैंकक उडानले दुई देशको सम्बन्ध अझ मजबुत बनाउनुको साथै दुवै देशको पर्यटन प्रवर्धन गर्दै दुवै देशको अर्थतन्त्रको विकासमा पनि उल्लेखनीय भूमिका खेल्नेछ ।”

थाई एयरवेज इन्टरनेशनल पब्लिक कम्पनी लिमिटेड (थाई) को सहायक एयरलाइन्स, थाई स्माइल एयरवेजका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत भिसेट सोन्तिचाईले भने, “बैंकक–काठमाडौं रुट शुरु भएको जानकारी दिन पाउँदा थाई स्माइल टिम गौरवान्वित भएको छ । यसले निश्चय नै बैंकक र एसियाका अन्य मुख्य शहरहरूबीच सम्पर्क बढाउने हाम्रो रुट प्लानिङ रणनितीलाई सफल बनाएको छ ।

यस उडानले थाइल्याण्ड–नेपाल सम्बन्धमा अर्को सुनौलो आयाम थप्ने कम्पनीले विस्वास लिएको छ । र साथ–साथै अन्य धेरै किसिमले एसियाली क्षेत्रीय ट्रेड फेयर क्यापिटलको रूपमा हाम्रो भूमिकामा, सांस्कृतिक र पर्यटकीय विकासमा, र हाम्रो व्यापार र ट्रेड सम्बन्धमा पनि नयाँ आयाम थप्नेमा विश्वस्त रहेको बताए । त्यसैले विस्तारै दक्षिण एसियाली र अन्य एसियन मुलुकहरुमा पनि गन्तव्य विस्तार गर्ने गेट–वेको रुपमा नेपालको विकास हुने र साथै पर्यटकहरुको लागि नेपाल अझै उत्कृष्ट गन्तव्य बन्नेछ भन्ने हामी अपेक्षा राखेको छ ।

वि.सं.२०७८ पुस २७ मंगलवार ११:०७ मा प्रकाशित

You can share this post!

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

नक्कली भुटानी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न सर्वोच्चको आदेश   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४१

काठमाडौँ : सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)...

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

मन्त्रिपरिषद् बैठक : सहकारीमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी व्यवस्थालाई पुनरावलोकन गर्ने 

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३६

काठमाडौँ : सरकारले सहकारी क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्न कानुनी...

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

कक्षा १२ को परीक्षा आजदेखि : तीन लाख ९० हजार परीक्षार्थी सहभागी हुँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:३०

 भक्तपुर, १३ वैशाख : कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ...

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

पहाडी भेगमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:२२

काठमाडौँ, १४ वैशाख :हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

आज १४ बैशाख २०८१ शुक्रवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:१९

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...