
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)को सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार बैंकको सेयर मूल्य ६.६० प्रतिशतले वृद्धि भएको हो ।
साताको तेस्रो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता २१ रुपैयाँले वृद्धि भई ३३९ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको ७ करोड १३ लाख ३३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बैंकको आज २ लाख १७ हजार ९४७ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ पुस २७ मंगलवार १५:५९ मा प्रकाशित