काठमाडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको पुस २७ गते दिउँसो साढे ३ बजे बसेको संचालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने भएको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको साधारण सभाले पारित भएपछि वितरण हुनेछ ।
वि.सं.२०७८ पुस २७ मंगलवार १७:०६ मा प्रकाशित