back
NMB ad

वाणिज्य बैंकका सिईओको तलब कति, हेर्नुस् कसले कति लिन्छन् ?

Kumari bank ad

काठमाडौँ । नीजि क्षेत्रको जागिरहरुमध्ये सबैको रोजाईमा पर्ने भनेको बैंकिङ्ग क्षेत्र हो । चिटिक्क परेको लुगा, टाइ सुट, कोट टलक्क जुत्ता, हसिलो मुहारमा ठाटिएर हिड्ने बैंकका कर्मचारीको तलब कतिहुन्छ होला भन्ने सबैको जिज्ञाशा हुने गर्छ । यसो त बैंकमा सहायकको काम गर्ने कर्मचारीपनि चिटिक्क परेको देखिन्छ ।

त्यसैमाथि बैंकका कार्यकारी अधिकृत (सिईओ) को त कुरै नगरौँ । कुनै कार्यक्रममा देख्दा लाग्छ कि उनीहरु मोडलिङकै लागि आएका पो हुन् कि ! नीजि चिल्लो गाडीमा चिटिक्क परेर हिड्ने सिईओहरुको तलब कति हुन्छ त ?

हेर्नुस् वाणिज्य बैंकका सिईओहरुले लिएको एक वर्षको तलब

नेपाल बैंक लिमिटेडः
नेपाल बैंकका सिईओ कृष्ण वहादुर अधिकारीले गत आर्थिक वर्षमा तलब भत्ता स्वरुप ५४ लाख ४२ हजार रुपैयाँ लिएका छन् ।

नविल बैंकः

नबिल बैंकका सिईओ अनिल केशरि शाहले गत आर्थिक वर्षमा तलब भत्ता स्वरुप २ करोड ४५ लाख रुपैयाँ बुझेका छन् ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड
एनआईबीएलले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलब भत्ता स्वरुप १ अर्ब ६० लाख रुपैयाँ तलब बुझाएको छ । बैंकका सिईओ ज्योति प्रकाश पाण्डेले यो तलब लिएका हुन् ।

स्टान्डर्ड चाटर्ड बैंकः
यसका बैंकका सिईओ अर्निभान घोष दस्तीधारले तलब तथा भत्ता गरी २ करोड ७६ लाख रुपैयाँ बुझेका छन् ।

सेञ्चुरी बैंकः
सेञ्चुरी बैंकले प्रमुख कार्यकारी अधिकृत (सीइओ)लाई १ करोड ५७ लाख १८ हजार ५ सय रुपैयाँ तलब भत्ता दिएको छ । बैंकका तत्कालिन सीइओ तुलसीराम गौतमले सोही रकम बराबरको तलब भत्ता बुझेका हुन् । उनले असार २० गते राजीनामा दिएका छन् । उक्त राजीनामालाई बैंकको असार ३० गते बसेको सञ्चालक समितिले साउन १ देखि लागू हुनेगरी स्वीकृत गरेको थियो । अहिले कामू सीइओमा मनोज न्यौपाने रहेका छन् ।

कृषि विकास बैंकः
कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिृकत (सीइओ) अनिल उपाध्यले गत आर्थिक वर्षमा तलब भत्ता स्वरुप ४५ लाख १६ हजार ६५० रुपैयाँ बुझेका छन् ।

सिभिल बैंक
सिभिल बैंकका तत्कालिन सिईओ गोविन्द गुरुङले १ करोड १४ लाख ९१ हजार ८७८ रुपैयाँ तलब भत्ता पाएका छन् ।
हाल बैंकको सीइओमा सुनिल कुमार पोखरेल रहेका छन् । उनलाई असार १८ देखि लागु हुने गरेर सीइओमा नियुक्त गरिएको थियो ।

प्राइम बैंकः
प्राइम बैंकका सीइओ नारायणदास मानन्धरले गत आर्थिक वर्षमा बैंकबाट २ करोड ६ लाख ८ हजार रुपैयाँ तलब भत्ता लिएका छन् ।

प्रभु बैंकः
प्रभु बैंकका सीइओ अशोक शेरचनले एक वर्षमा ३ करोड ५३लाख ९५ हजार रुपैयाँ तलब लिएका छन् ।

सिटिजन्स बैंकः
बैंकले गत आर्थिक वर्षका सिईओलाई तलब भत्ता स्वरुप १ करोड ३१ लाख रुपैया प्रदान गरेको छ । उक्त रकम बैंकका सिईओ गणेश पोखरेलले लिएका हुन् ।

कुमारी बैंकः
कुमारी बैंकका सिईओले २ करोड ३८ लाख रुपैयाँ तलब भत्ता लिएका छन् । सिईओ सुरेन्द्र भण्डारीले गत आर्थिक वर्षमा उक्त रकम लिएका हुन् ।

माछापुच्छ«े बैंकः
बैंकका सिईओ सन्तोष कोइरालाले एक वर्षमा १ करोड २८ लाख रुपैयाँ तलब भत्ता बुझेका छन् ।

नेपाल बंगलादेश बैंकः
बैंकका सिईओ ज्ञानेन्द्र ढुंगानाले १ करोड ४१ लाख तलब भत्ता लिएका छन् । उनले गत आर्थिक वर्षमा यो रकम लिएका हुन् ।

एनएमबी बैंकः
बैंकले गत आर्थिक वर्षमा सिईओलाई १ करोड ७४ लाख रुपैयाँ दिएको छ । उक्त रकम बैंकका सिईओ सुनिल केसीले गत आर्थिक वर्षको तलब लिएका हुन् ।

सानिमा बैंकः
बैंकका सिईओ भुवन कुमार दाहालले एक वर्षमा बैंकबाट १ करोड ८४ लाख रुपैयाँ लिएका छन् । उनले यो रकम आफ्नो तलब स्वरुप लिएका हुन् ।

बिओकेः
बैंकले गत आर्थिक वर्षमा सिईओलाई २ करोड ५६ लाख रुपैयाँ दिएको छ । सिईयो शोभनदेव पन्तले यो रकम तलब भत्ता स्वरुप लिएका हुन् ।

एभरेष्ट बैंकः
बैंकले सिईओ गजेन्द्र कुमार नेगीलाई गत आर्थिक वर्षमा तलब भत्ता स्वरुप ३ करोड ७० लाख रुपैयाँ बुझाएको छ ।

ग्लोबल आइएमई बैंकः

बैंकले गत आर्थिक वर्षमा सिईओलाई १ करोड ३९ रुपैयाँ दिएको छ । सिईओ रत्नराज बज्राचार्यले उक्त रकम तलब लिएका हुन् ।

हिमालयन बैंकः
बैंकका सिईओ अशोक समशेर राणाले गत आर्थिक वर्षमा तलब स्वरुप २ करोड ७९ लाख रुपैयाँ बुझेका छन् ।

लक्ष्मी बैंकः
बैंकले सिईओ अजय कुमार शाहलाई गत आर्थिक वर्षमा तलब भत्ता स्वरुप १ करोड १५ लाख रुपैयाँ दिएको छ ।

मेगा बैंकः
बैंककी सिईओ अनुपमा खुन्जेलीले गत आर्थिक वर्षमा तलब स्वरुप १ करोड १० लाख रुपैयाँ लिएकी छिन् ।

एनसीसी बैंकः
बैंकले गत आर्थिक वर्षमा सिईओलाई १ करोड ५२ लाख रुपैयाँ दिएको छ । सिईओ रमेशराज अर्यालले उक्त रकम तलब स्वरुप लिएका हुन् ।

एसबिआई बैंकः
बैंकका सिईओ दिपकुमार देले गत आर्थिक वर्षमा तलब स्वरुप १ करोड ७४ लाख रुपैयाँ बुझेका छन् ।

सनराइज बैंक
बैंकका सिईओ जनक शर्मा पौड्याल र हालका सिईओ सुमन शर्माले गरी गत आर्थिक वर्षमा १ करोड ३४ लाख रुपैयाँ तलब बुझेका छन् ।

सिद्धार्थ बैंकः
बैंकले सिईओलाई गत आर्थिक वर्षमा २ करोड ११ लाख रुपैयाँ तलब भत्ता दिएको छ । सिईओ शम्भुनाथ गौतमले उक्त तलब लिएका हुन् ।

एनआईसी एशिया बैंक

बैंकले अहिले अझै वार्षिक साधारण सभा गरेको छैन । यद्यपी अघिल्लो आर्थिक वर्षमा बैंकले सिईओ अधिकृत रोशन न्यौपानेलाई २ करोड ५० लाख तलब भत्ता दिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकको पनि वार्षिक साधारण सभा अझै भएको छैन । अर्थात बैंकको वार्षिक प्रतिवेदिन सार्वजनीक भएको छैन । यद्यपी बैंकले अघिल्ले आर्थिक वर्षमा सिईओलाई तलब भत्ता स्वरुप ६४ लाख २४ हजार बढी रुपैयाँ दिएको छ ।

वि.सं.२०७८ पुस २८ बुधवार १२:०४ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...