back
NMB ad

एभरेष्ट बैंकलाई शाखा तथा प्रादेशिक कार्यालय संचालनका लागि घर/जग्गा आवश्यक

Kumari bank ad

काठमाडौं । एभरेष्ट बैंकले शाखा कार्यालय संचालनका लागि पूर्वाधारयुक्त घर तथा जग्गा खोजेको छ ।

बैंकले धनगढी स्थित शाखा तथा प्रादेशिक कार्यालय संचालनका लागि घर÷जग्गा आवश्यक रहेको जनाएको छ ।

उक्त स्थानमा घर तथा जग्गा बिक्री गर्न इच्छुक घरधनीहरुले शिलबन्दी पेश प्रस्ताव गर्न सक्नेछन् । इच्छुक घरजग्गा धनी वा घरजग्गासंग सम्वन्धित आधिकारिक व्यक्ति, फर्म, कम्पनी, संस्थाहरुले आवश्यक सम्पूर्ण कागजातति २१ दिनभित्र प्रस्ताव पेश गर्नुपर्नेछ ।

घर/जग्गा धनगढी चौराहा चोकबाट पूर्व तर्फ मेनरोड राता पुलसम्म र चौराहा चोकबाट उत्तर तर्फ अत्तरीया जाने सडकको १ किलो मिटर दुरी भित्र पर्ने मूल सडकसंग दाँया वा वाँया जोडिएको हुनुपर्नेछ ।

जग्गाको क्षेत्रफल कम्तीमा १ र बढीमा तीन कठ्ठा सम्मको हुनुपर्ने, मूलसडकसंग जोडिएको जग्गाको मोहडा कम्तीमा ४० फिट भएको हुनुपर्ने बैंकले जनाएको छ ।

यस्तै, घर/जग्गा कुनै प्रकारको साँध सीमाना, सडक, सन्धी–सर्पण, ढल निकासा आदि विवाद एवं मुद्दा नभएको तथा विवदा रहित हुनुपर्ने, प्रचलित सरकारी मापदण्ड बमोजिमको सडक क्षेत्राधिकार भित्र नपरेको हुुनपर्नेछ ।

बैंकका अनुसार स्थानीयले उपलब्ध गराएको ढल निकास, विद्युत, खानेपानी लगायत सुविधा भएको घर/जग्गालाई प्राथमिकता दिईनेछ ।

साथै प्रस्तावित घर/जग्गाको क्षेत्रफल भित्र उच्च क्षमताको विद्युतीय तार प्रवाह नभएको, घर जग्गा रजिष्ट्रेशन पास गर्दाए नियमानुसार लाग्ने लाभकर बिक्रीकर्ताले व्यहोर्नुपर्ने लगायतका शर्तहरु रहेका छन् ।

वि.सं.२०७८ पुस २८ बुधवार १२:१२ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...