काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को सेयर मूल्यमा उछाल आएको छ । बुधवार बैंकको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको चौथो कारोबार दिन बैंकको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँ ९० पैसाले वृद्धि भएको छ । योसंगै आज बैंकको सेयर मूल्य ३७२ रुपेयाँ ९० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज बैंकको १६ करोड ३२ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । उक्त दिन बैंकको ४ लाख ४३ हजार ५३२ कित्ता सेयर किनबेच भएको हो ।
वि.सं.२०७८ पुस २८ बुधवार १५:२७ मा प्रकाशित