back
NMB ad

बाइकहरुको नयाँ मूल्य सार्वजनिक: १० हजार रुपैयाँसम्म बढ्यो, अब कुन मोडलको कति ?

Kumari bank ad

काठमाडौं । पछिल्लो समयमा मोटरसाइकल व्यक्तिदेखि व्यवसायीहरुसम्मका लागि नभई नहुने अत्यावश्यक साधनको बनिसकेको छ ।

बढ्दो सवारी चापले गर्दा सार्वजनिक सवारी साधानमा हुने ढिलाईका कारण पनि नेपालमा मोटरसाइकल प्रयोगकर्ताहरुको संख्यामा तिव्र वृद्धि भएको छ ।

नेपालमा फरक फरक आर्थिक स्तर र फरक फरक रुचि अनुसार विभिन्न प्रकारका मोटर साइकलहरु प्रयोग हुँदै आएका छन् ।

नेपाली बजारमा उपलब्ध विभिन्न मोटरसाइकल कम्पनीहरुले अंग्रेजी नयाँ २०२२ लक्षित नयाँ मूल्य सूची सार्वजनिक गरेका छन् ।

नयाँ मूल्य अनुसार कम्पनीहरुले १ हजारदेखि १० हजारसम्म मूल्य बढाएका छन् । उपलब्ध बाइकहरुमध्ये अधिकांशको मूल्य केही वृद्धि भएको देखिएको छ ।

विभिन्न कम्पनीका छुट्टाछुटै मोडेलका बाइकहरुको नयाँ मूल्य तोकेका छन् । जसअनुसार बाइकहरु २०२२ मा केही महंगा भएका छन् ।

कम्पनीहरुले अंग्रेजी नयाँ २०२२ लक्षित गरि नेपाली बजारमा बजाज, टीभीसएस, हिरो, होन्डा र यामाहा विभिन्न मोडेलका बाइकरुको मूल्य बढाएका हुन् । आज हामीले नेपाल उपलब्ध विभिन्न कम्पनीहरुको छुट्टाछुट्टै मोडेलहरुको नयाँ मूल्यका बारेमा जानकारी दिएका छौ ।

बजाज बाइक

बजाजको ल्पाटिना १०० इएस( १०२सिसी)को १ लाख ८९ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ ड्रम (१२४ सीसी) २ लाख ९ सय, डिस्कभर १२५(१२५ सीसीको २ लाख १४ हजार ९ सय रुपैयाँ, डिस्कभर १२५ एसटी (१२५ सीसी) २ लाख १५ हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, पल्सर १२५ डिस्क(१२५ सीसी) २ लाख ४४ हजार ९ सय, पल्सर १५० एसडीको २ लाख ७५ हजार ९ सय, पल्सर १५० टिडीको २ लाख ९० हजार ९ सय, पल्सर १६० एनएस टिडी एबिएसको ३ लाख १९ हजार ९ सय, पल्सर २२० एफ एबिएसको ३ लाख ६१ हजार ९ सय, पल्सर २०० एनएस एबिएको ३ लाख ६७ हजार ९ सय रुपैयाँ पर्दछ ।

त्यसैगरि पल्सर २०० एनएस एफआईको ३ लाख ९३ हजार ९ सय, एजेन्जर १६० स्ट्रिट एबिएसको ३ लाख ४५ हजार ९ सय, एभेन्जर २२० क्रुस २२० को ३ लाख ६६ हजार ९ सय, डोमिनार २५० एबिएसको ५ लाख १८ हजार ९ सय, डोमिनार ४०० एबिएसको ५ लाख ९८ हजार ९ सय रुपैयाँ पर्दछ ।

टीभीएस 

नयाँ मूल्य सूची अनुसार टीभीएसले सबैभन्दा बढी अपाचे आरटीआर १६० आरडी रिफ्रेस र टीभीएस एक्सएल १०० मा मूल्य वृद्धि गरेको छ ।

टीभीएसका यी बाइकहरुको मूल्य १० हजार रुपैयाँका दरले वृद्धि भएको हो । योसंगै अपाचे आरटीआर १६० फोरभी आरडी रिफ्रेसको ३ लाख १८ हजार ९ सय रुपैयाँ र टीभीएस एक्सएल १००को १ लाख ३८ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यस्तै, अपाचे आरटीआर २०० फोरभी एफआई बीएस६ को ६ हजार रुपैयाँले बढेर ३ लाख ९६ हजार ९ सय रुपैयाँ, अपाचे आरटीआर २०० फोरभी एबीएसको५ हजार रुपैयाँले वृद्धि भई ३ लाख ६७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

अन्य केही मोडलहरुमा १ देखि ४ हजार रुपैयाँ सम्मको दरमा मूल्य वृद्धि गरिएको छ । त्यसैगरी हालै नेपाली बजारमा भित्रिएको रेडर र अन्य केही मोडलमा पनि उही पुरानै मूल्य कायम भएको छ ।

हिरो 

हिरोले आफ्नो अधिकांश मोडलको मूल्यमा १ देखि ३ हजार रुपैयाँ सम्म वृद्धि गरेको छ ।

नेपाली बजारमा सबैभन्दा लोकप्रिय रहेको एक्सपल्स २०० को १ हजार ५ सय र स्प्लेन्डर प्लसको १ हजार रुपैयाँले बढेको छ । एक्सपल्सको नयाँ मूल्य ४ लाख ३ हजार ५ सय र स्प्लेन्डरको १ लाख ९० हजार रुपैयाँ भएको छ ।

यामाहा 

यामाहा नेपालको सबैभन्दा लोकप्रिय र भरपर्दो मोटरसाइकल ब्रान्ड मानिन्छ । यामाहाले अंग्रेजी नयाँ वर्ष २०२२ का लागि नयाँ मूल्य सार्वजनिक गरेको छ ।

नयाँ मूल्य अनुसार नेपाली बजारमा यामाहाका बाइकहरु न्युनतम २ लाख २४ हजार ९ सय रुपैयाँदेखि ३९ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ ।

नयाँ मूल्य अनुसार यामाहा सलुटो बाइकलाई २ लाख २४ हजार ९ सय रुपैयाँ निर्धारण भएको छ । यो नै यामाहाको सबैभन्दा कम मूल्यमा पाइने बाइक हो ।

यस्तै, यामाहा एसजेड–आरआरको २ लाख ५९ हाजर ९ सय रुपैयाँ, एफजेडएस भीट२ २ लाख ९९ हजार, एफजेडएस भी२ ३ लाख २६ हजार ९ सय रुपैयाँ पर्दछ ।

होन्डा 

होन्डाले जारी गरेको नयाँ मूल्य सूची अनुसार विभिन्न चार मोडेलका बाइकहरुको मूल्य वृद्धि गरेको छ ।

होन्डाले साइन, युनिकर्न, एक्स–ब्लेड र सीबी हर्नेटको मूल्यमा वृद्धि गरेको हो । यी बाहेका अन्य मोटरसाइकहरुको मूल्य भने यथावत छ ।

सबैभन्दा बढी वृद्धि होन्डा एक्स–ब्लेड रहेको छ । जसको मूल्य ३ लाख ३० हजार ९ सय रुपैयाँ पुगेको छ । २०२२ मा होन्डा एक्स–ब्लेडको मूल्य ६ हजार रुपैयाँले वृद्धि भएको हो ।

यस्तै, साइनका सबै भेरिएन्ट र सीबी युनिकर्न १५० तथा सीबी हर्नेटमा ५ हजार रुपैयाँको दरले मूल्य वृद्धि गरिएको छ ।

वि.सं.२०७८ पुस २८ बुधवार १७:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...