back
NMB ad

विद्यालय बन्द भएसँगै अभिभावक र विद्यार्थी चिन्तित

Kumari bank ad

सप्तरी । कोरोनाभाइरस संक्रमण बढेपछि शिक्षण संस्था बन्द भएसँगै सप्तरीका विद्यार्थी र अभिभावक पठनपाठनलाई लिएर चिन्तित भएका छन् । अध्ययनविना नै कक्षा चढ्ने हुँदा यसले विद्यार्थीको क्षमताका ह्रास आउने भन्दै अभिभावक चिन्तित् भएका हुन् ।

सप्तरीको राजविराज नगरपालिका–१५ को महावीर माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययनरत विवेक मण्डलले भने, कक्षा ६ मा हुँदा कोरोनाको पहिलो लहर सुुरू भएपछि परीक्षा नदिएरै ७ कक्षामा पुगेँ । कक्षा ७ मा आठ महिना पढाइबाट बञ्चित हुनुप¥यो । चार महिना पढेर कक्षा ८ मा पुगेँ ।

आठमा पुग्नेबित्तिकै दोस्रो लहर सुुरू भयो । पाँच महिना विद्यालय बन्दपछि पठनपाठन शुरू भएको पाँच महिना नबित्दै पुनः विद्यालय बन्द भएपछि हामी विद्यार्थीको पढाइ चौपट्टै भयो ।’

उनको जस्तै राजदेवीमावि राजविराजको कक्षा १० मा अध्ययनरत आरती झाको पीडा पनि उस्तै छ । ‘दुई वर्ष विद्यालय न गएरै एसईई आईसक्यो । के गरौँ ? कसो गरौँ ? चिन्ताले सताउँन थालेको छ,’ उनी भन्छिन् ।

विद्यार्थी र अभिभावकले कोरोनाभाइरसविरुद्धको खोप लगाएर नियमित पठनपाठनको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

राजविराज नगरपालिका २ कि किरण मण्डलले भनिन्, ‘विद्यालय बन्द गर्नुभन्दा पनि बिद्यार्थीहरूलाई भ्याक्सिन लगाएर पढाउनु राम्रो हुन्छ ।’ सुधा देव/न्युज कारखाना

वि.सं.२०७८ पुस २९ बिहीवार १५:२१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...